• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-21 08:56:03    
प्राध्यापक घमचन्द्र नेपालले व्यक्त गर्नु भएको शुभकामना मन्तव्य

cri

              चिनियाँ अन्तराष्ट्रिय रेडियो सि.आर.आइ. नेपाली सेवा यही आगामी जुन 25 तारिखदेखि आफ्नो सेवाको 29 वर्ष पुरा गरी 30 औं वर्षमा प्रवेश गर्न लागेको यो शुभ पूर्व सन्ध्यामा म यस रेडियोको उत्तरोतर प्रगती र सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाली सेवा प्रसारणको लगभग 3 दशक लामो अभियानमा नेपालमा सि.आर.आइ को लोकप्रियता अत्यन्त बढेको पाइएको छ । यस अवधिमा नेपालमा 550 भन्दा बढी रेडियो श्रोता क्लबहरुको गठन हुनुले पनि स्पष्ट पार्छ कि नेपालमा यो सेवा अत्यन्त लोकप्रिय छ । नेपाली भाषामा सि.आर.आइ. ले गरेको प्रसारणबाट नेपाली भाषा र साहित्यको नेपाल र चीन दुवै देशमा अभिबृद्धि भएको छ साथै नेपाली सेवाको कार्यक्रमले हाम्रा दुई देशका बिचको सम्बन्धलाई अझ प्रगाढ र गहिरो हुन गएको मैले अनुभव गरेको छु । यस कार्यक्र मार्फत नेपाली श्रोताले चीनले विभिन्न क्षेत्रमा गरेको विकास निर्माणमा भएको प्रगतिबारेमा नेपाली श्रोतामा जानकारी भएको छ । यसले गर्दा नेपालीलाई चीनले गरेको प्रगति सुन्न पाउँदा विकासको प्रेरणा जागेको छ र आफ्नो पुरानो र असल छिमेकी चीनप्रति अझ सद्भावना बढ्न पनि गएको छ । सि.आर.आइ.ले नेपालमा आफ्ना सम्वाददाताहरु पनि नियुक्त गरेको छ । यसबाट नेपालसम्बन्धि सही, सत्य र तथ्य समाचार सि.आर.आइ. नेपाली सेवाबाट आउने भएकोले यो रेडियोको लोकप्रियता बढ्न गएको छ । आगामी दिनमा यो सेवाले रोचक, समाचारमूलक, साहित्य सम्बन्धि कार्यक्रम दिएर नेपाली श्रोतामा अझ बढी लोकप्रियता हासिल गर्न सकोस् र नेपाली सेवाका प्रसारित कार्यक्रमहरुमा समय बढाएर रोचक, तथ्यपरक र चीनले गरेको प्रगति, विज्ञान प्रविधिमा भएको भाषामा सरल र सरस भाषामा दिएर नेपाली श्रोता माझ अझ बढी प्रिय हुन सकोस् यही शुभकामना व्यक्त गर्दछु । धन्यवाद।

               नेपाल र चीनबिचको दुई पक्षीय सम्बन्धलाई सि.आर.आइ.ले जनस्तरबाट विकसित गर्न अहम भूमिका निर्वाह गरेको छ । 30 वर्षको लामो अवधिमा सि.आर.आइ.नेपाली सेवाले नेपाली भाषा र संस्कृतीको उत्थानमा अहम भूमिका निर्वाह गरेको विचार पूर्व माननीय तथा वरिष्ठ समाजसेवी लक्ष्मी राज भक्त नेपालीको रहेको छ ।

सि.आर.आइ. नेपाली सेवालाई आफ्ना शुभकामना सन्देश व्यक्त गर्नु हुँदै वरिष्ठ समाजसेवी लक्ष्मीराज भक्त नेपाली :

सन् 2005 नेपाल र चीन दुवै देशका जनताका लागि ऐतिहासिक वर्षका रुपमा भित्रिएको छ । यस वर्षको जुन 25 तारिख सि.आर.आइ नेपाली सेवा 30 औं वर्षमा प्रवेश गर्दैछ भने अगष्ट 1 तारिख नेपाल र चीन बिच दौत्य सम्बन्ध स्थापना भएको 50 औं वार्षिक उत्सव पर्दछ ।

              हजारौं वर्षदेखि हामी दुई देशका बिचमा सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । सि.आर.आइ. नेपाली सेवाले 30 वर्षको अवधिमा नेपाली भाषा र साहित्यको विकासमा ठूलो गुण लगाएको छ । नेपाली सेवा 30 वर्षमा प्रवेश गरेको यो सुखद उपलक्ष्यमा म सि.आर.आइ नेपाली सेवाका लाखौं श्रोता र सि.आर.आइ नेपाली सेवाका सम्पूर्ण कार्यक्रम संचालकहरु साथै दिदी कुसुम र केशरीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु र भविष्यमा सि.आर.आइ. नेपाली सेवा अझ लोकप्रिय बनोस् भन्ने कामना गर्दछु । त्यसैगरी सि.आर.आइ. नेपाली सेवाद्वारा प्रकाशित हुँदै आएको मितेरी पुल 2 देशका जनताको बिचको मितेरी सम्बन्धको पुल होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु ।