• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International Thursday    Apr 10th   2025   
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-28 09:18:27    
निर्मला नेपालको बधाई सन्देश

cri
     नमस्कार ! म निर्मला नेपाल, म नेपाल चीन जनमैत्री परिषद सि.आर.आइ. श्रोता सम्पर्क केन्द्र विराटनगरकी सदस्य।

     सि.आर.आइ. नेपाली सेवाले आफ्नो 30 औं वार्षिक उत्सव मनाइरहेको यस पावन अवसरमा सि.आर.आइ. नेपाली विभागमा कार्यरत सम्पूर्ण सदस्यहरु, नेपाली श्रोताहरु तथा सम्पूर्ण नेपाली तथा चिनियाँ जनताहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यस बिचमा सि.आर.आइ. नेपाली सेवाले नेपाल र चीनबिचको सम्बन्धलाई धेरै नजिक बनाएको छ । यस विशेष अवसरले हामी दुई देश बिचको मित्रतामा अझ प्रगाढता ल्याओस् भन्ने शुभेच्छा प्रकट गर्दछु । धन्यवाद ।

     शिक्षक गुणराज घिमिरेले दिनु भएको शुभकामना:

     छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनबाट सन् 1975 को जुन 25 तारिखका दिनदेखि संचालित सि.आर.आइ.नेपाली सेवा आफ्नो स्थापनाको 29औं वर्ष पूरा गरी 30औं वर्षमा प्रवेश गर्दैछ । नेपाल र चीन बिचको दुई पक्षीय सम्बन्धलाई जनस्तरबाट विकसित गर्न यो अवधिमा सि.आर.आइ. ले निर्वाह गरेको भूमिका सराहनीय छ । अत नेपाली भाषा र साहित्यको विकासमा निरन्तर लागी पर्नु भएका सि.आर.आइ. नेपाली विभागमा कार्यरत सम्पूर्ण चिनियाँ मित्रहरुप्रति हामी नेपाली श्रोताहरु हार्दिक आभार व्यक्त गर्दछौं । साथै भविष्यमा पनि सि.आर.आइ. नेपाली सेवा नेपाली श्रोताका चाहाना बमोजिम अझ उत्कृष्ट कार्यक्रम लिएर आउन सकोस् भन्ने कामना गर्दै सि.आर.आइ. नेपाली विभाग, मित्रराष्ट्र जनगणतन्त्र चीन र सम्पूर्ण चिनियाँ जनताहरुमा हार्दिक शुभेच्छा व्यक्त गर्दछु । धन्यवाद।

     नमस्कार ! म सुप्रिया निरौला

     सि.आर.आइ. नेपाली सेवाको बारेमा कुरा गर्नु पर्दा सन् 1975 को जुन 25 तारिखका दिन जन्मिएको सि.आर.आइ. नेपाली सेवा आफ्नो प्रसारणको 29 औं बसन्त पार गरी 30 औं बसन्तमा प्रवेश गरेको यो सुखद क्षणमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

     3 दशक लामो प्रसारण अवधिमा नेपाली सेवाले नेपाल र विश्वका विभिन्न भागमा लाखौं श्रोताको माया बटुल्न सफल भएको छ । त्यति मात्र नभएर सरकारी स्तरमा मात्रै कायम रहेको दुई देश बिचको सम्बन्धलाई जनस्तरमा समेत विकास गर्न सफल भएको छ । 30 वर्ष सम्म नेपाली भाषा र साहित्यको अध्ययन गरेर नेपाली जनतासँग आत्मीय सम्बन्ध स्थापित गर्ने सि.आर.आइ. नेपाली सेवाका सम्पूर्ण चिनियाँ दाजुभाइ तथा दिदी बहिनीहरुलाई सि.आर.आइ. नेपाली सेवाले 29 वर्ष पूरा गरेको ऐतिहासिक घडीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भविष्यमा पनि नेपाली सेवा अझ लोकप्रिय बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

© China Radio International.CRI. All Rights Reserved.
16A Shijingshan Road, Beijing, China. 100040