• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-29 11:07:52    
पोताला दरबारको छेऊमा रेस्ट्रुराँ खोल्नुभएको निजल्याण्डेली चेनेट सम्बन्धी जानकारीको पहिलो भाग

cri Author: वर्षा

              तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाको पोताला दरबारदेखि पूर्व क्षेत्रमा एउटा विशेषखालको रेस्ट्रुराँ छ। त्यसको नाम दुनियाँ हो। सो रेस्ट्रुराँको दोस्रो तलामा एउटा यूरोपेली शैलीको बार छ। सो रेस्ट्रुराँ चीनको तिब्बत र निजल्याण्ड तथा अमेरिकाबाट आएका चारजना साथीहरुको संयुक्त पूँजीमा खोलिएको हो।

               पचास वर्षीय चेनेट ट्रोस्ट सो रेस्ट्रुराँका मालिकहरुमध्येका एक हुनुहुन्छ। पहिले उहाँ आफ्नो मुलुक निजल्याण्डमा पर्यटन निर्देशक हुनुहुन्थ्यो। उहाँ आफ्नो सो कार्य मन पराउनुहुन्थ्यो।

               अठार वर्षअघि उहाँले पहिलो पटक तिब्बतको भ्रमण गर्नुभएको थियो। उहाँलाई तिब्बतको रमणीय दृश्यले निकै आकर्षित गर्‍यो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

               "म तिब्बतलाई माया गर्छु। यहाँको दृश्य र निजल्याण्डको दृश्यमा निकै भिन्नता छ। निजल्याण्डमा ठूला पहाड छैनन, त्यहाँको भूमि समथर देखिन्छ। त्यहाँको सबैभन्दा अग्लो पहाडको उचाइ एक सय मिटर जति मात्र छ। म प्रकृतिलाई माया गर्दछु। निजल्याण्डमा नभएका, तर तिब्बतमा भएका यी ठूला पहाडहरुलाई म माया गर्छु।"

               पहिलो पटकको भ्रमणबाट निकै प्रभावित श्री चेनेट त्यसपछि सधैं पर्यटकहरुलाई लिएर वा आफ्नो छुट्टीका बेला एक्लै तिब्बत घुम्न आउने गर्नुभएको थियो। सात वर्षअघि उहाँले निजल्याण्डको आनन्ददायी जीवनलाई त्यागेर तिब्बतमा नयाँ जीवनको चुनौतिको सामना गर्ने संकल्प गर्नुभयो। सन 1999 को सेप्टेबरमा उहाँको सहभागितामा दुनियाँ नामको रेस्ट्रुराँ खोलियो।

               रेस्ट्रुराँको नामबारे श्रीमती चेनेटले धेरै विचार गर्नुभएको थियो। अरबेली, टर्केली, नेपाली र हिन्दी आदि विश्वका केही मुलुकहरुको भाषामा दुनियाँ भनेको सारा विश्व हो। विश्वका विभिन्न ठाउँबाट तिब्बत पुगेका पर्यटकहरुले यहाँको कठीन वातावरणमा घुमेर थकाइको अनुभव गरेपछि उनिहरुले आफ्नै घरजस्तो आनन्ददायी ठाउँमा आराम गर्नचाहने अनुभव श्रीमती चेनेट गर्नुहुन्छ। उहाँ विभिन्न देशबाट त्यहाँ पुगेका पर्यटकहरुले दुनियाँ नामको रेस्ट्रुराँमा आफूले मन पराउने खाने कुरा पाउनुका साथै आफ्नै घरमा बसेजस्तो अनुभव गर्नसक्ने आशा गर्नुहुन्छ। आफ्नो रेस्ट्रुराँबारे जानकारी दिंदै उहाँले भन्नुभयोः

              "मेरो रेस्ट्रुराँका सेवकहरु तथा पर्यटकहरु पनि विश्वका विभिन्न ठाउँहरुमा आएका हुन। त्यसैले हामी तिनीहरुलाई विश्वका विभिन्न ठाउँका विविध खाने कुराहरु उपलव्ध गराउँछौं। यहाँ तपाईं मेक्सिको, फ्रान्स, इटाली तथा तिब्बतका खाने कुरा पाउन सक्नुहुन्छ। विश्वका विभिन्न ठाउँबाट आएका पाहुनाहरुलाई खाने कुरामार्फत आफ्नो जन्मथलोमै भएजस्तो अनुभव गराउने उद्देश्यले हामीले यो रेस्ट्रुराँ खोलेका हौं। यसै उद्देश्यअनुरुप हामीले यस रेस्ट्रुराँको सिंगार-पटार गरेका छौं। बाहिरबाट हेर्दा हाम्रो रेस्ट्रुराँ तिब्बती शैलीको छ। तर यसको माथिल्लो तलामा फ्रान्स तथा इटालीको विशेषता पनि झल्किन्छ।"

(क्रमशः)