• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-06-18 13:42:39    
सि.आर.आइ नेपाली सेवाको बारेमा भाष्करमणि अधिकारीको विचारको पहिलो भाग

cri
नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा रमेश कुमार भट्टराईको नमस्कार।

नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरद्वारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौ।

मितेरी आवाज रेडियो डकुमेन्ट्री कार्यक्रम नेपाल र मित्र राष्ट्र चीन वीचको सुमधुर मैत्री सम्बन्धलाई जनस्तरबाट विकसित गर्दै लैजाने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम हो। विश्व शान्ति, मित्रता र एकताको सन्देस बोकेको यस कार्यक्रममा हामी सि.आर.आई र श्रोता गतिविधि साथै नेपाल र जनगणतन्त्र चीन लगायत विश्वका जल्दा-बल्दा विषयहरुमा कुराकानी गर्नेछौ।

नमस्कार ! मेरो नाम भाष्करमणि अधिकारी हो । म सुनसरी जिल्लाको धरान नगरपालिका वार्ड नं. 15 मा बस्छु । मैले सि.आर.आइ सुन्न थालेको लगभग 10 वर्ष भएको छ । मैले 2057 साल भदौ 18 गते धरानका सि.आर.आइ सुन्ने श्रोताको भेला गराई सि.आर.आइ श्रोता क्लबको गठन गरेको हुँ । हाम्रो श्रोता क्लबमा अहिले 7 जना पदाधिकारीहरु छौं । हामी हप्तामा 1 पटक सि.आर.आई.बाट प्रसारित कार्यक्रमबारे छलफल गर्ने गर्दछौं । छलफल र समिक्षाबाट उठेका धेरै कुराहरु हामी सि.आर.आइ.लाई जानकारी समेत गराउँछौं । त्यस्तै गरेर सि.आर.आइ ज्ञान विज्ञान प्रतियोगिताको बारेमा प्रचार प्रसार गर्ने र बढी भन्दा बढी श्रोतालाई प्रतियोगितामा समावेश गर्छौं । हाम्रो श्रोता क्लबको नाम Listeners' Club of CRI , धरान सुनसरी हो ।

मितेरी आवाज : सि.आर.आइबाट प्रसारित आजकल संचालित कार्यक्रमलाई तपाईंको श्रोता क्लबले कसरी मूल्यांकन गरेको छ ?

माष्करमणि अधिकारी : सि.आर.आइ.ले नियमित रुपमा नयाँ कार्यक्रमहरु थप्दा हामीलाई असाध्यै खुशी लागेको छ । सन् 2005 को सुरुवातमा हामीले धरानमा एउटा भव्य मेला पनि गरेका थियौं । नेपाली सेवाले साप्ताहिक रुपमा श्रोता माझ ल्याएको अत्यन्त लोकप्रिय र ज्ञान एवं मनोरन्जनले भरिपूर्ण ती कार्यक्रमको स्वागतका लागि सो भेला गरिएको थियो । हाम्रो सि.आर.आइ. मा नयाँ नयाँ कार्यक्रम आओस्, समय बढोस् भन्ने जुन लामो समयदेखिको कल्पना र चाहाना थियो त्यो सि.आर.आइ.ले पूरा गराइदिएको छ । त्यसका लागि हामी सि.आर.आइ.प्रति र यस सेवामा कार्यरत सम्पूर्ण चिनियाँ मित्रहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । सि.आर.आइ.ले यसरी नयाँ कार्यक्रम थपे पछि चीनबारे जान्ने, चीनले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिबारे जानकारी प्राप्त भएको छ र हामीलाई पनि चिनियाँ जनताको जस्तो अनुसरण गर्दै अगाडि बढ्ने प्रेरणा मिलेको छ।

मितेरी आवाज : अहिले सि.आर.आइ. को प्रसारण तपाईंको क्षेत्रमा कस्तो सुनिन्छ?

माष्करमणि अधिकारी : सुरु सुरुमा नेपाली सेवाका कार्यक्रम सुन्न असाध्यै गाह्रो थियो । म घरको छतमा बसेर, एन्टेनामा एरियल तारबाट जोडेर सुन्थें। अन्य स्टेसनहरुका आवाज जुध्ने गर्दथ्यो । मधुरो र अस्पष्ट रुपमा सि.आर.आइ. सुनिन्थ्यो र पनि हामी हरेस नखाइकन अन्य साथीलाई पनि सि.आर.आइ. सुन्न आग्रह गर्थें । तर अहिले सि.आर.आइ.को फ्रिक्वेन्सीमा परिमार्जन गरे पछि प्राविधिक क्षेत्रमा सुधार गरेपछि सि.आर.आइ.का प्रसारण अत्यन्त सफा र स्पष्ट सुन्न सकिन्छ ।