• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-06-25 09:14:39    
सि.आर.आइ नेपाली सेवाको बारेमा भाष्करमणि अधिकारीको विचारको दोश्रो भाग

cri
मितेरी आवाज : सि.आर.आइ.बाट प्रसारित चिनियाँ भाषा प्रशिक्षण, मेरो आँखामा चीन जस्ता कार्यक्रमलाई कसरी मूल्यांकन गर्नु भएको छ ?

माष्करमणि अधिकारी : मेरो आँखामा चीन भन्ने कार्यक्रमले चीनलाई विस्तृत रुपमा चिनाउन सहयोग पुर्याएको छ । चीनबारे नयाँ जानकारीहरु, नयाँ नौला आयामहरु, नयाँ नयाँ संस्करणहरुबारे अझ जान्न र बझ्न पाएका छौं । हाम्रो श्रोता क्लबले सर्वाधिक रुचाएको कार्यक्रममध्ये यो कार्यक्रम पनि एक हो र त्यस्तै चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम चिनियाँ भाषा सिक्ने श्रोताको लामो समयदेखिको चाहाना पुरा गरेको छ र हामीले छिमेकी देशको भाषा सिक्ने मौका पाएका छौं ।

मितेरी आवाज : हामीले सि.आर.आइ. नेपाली सेवाको कार्यक्रम किन सुन्ने ?

माष्करमणि अधिकारी : समाचार त अन्य रेडियोबाट पनि सुन्न पाईन्छ तर सि.आर.आइ.मात्र त्यस्तो रेडियो स्टेसन हो जहाँ हरेक क्षेत्र, वर्ग र तहका मानिस श्रोताका लागि आवश्यक कार्यक्रम छन् । हामी नेपाली श्रोता चीनका छिमेकी भएका नाताले चीनबारे, केही सिक्न, जान्न, बुझ्न चाहन्छौं, त्यसैले सि.आर.आइ. सुन्ने गर्छौं । हामी दुई देशको बिचको सम्बन्ध दाजु र भाइको जस्तो छ । नङ र मासु जोडिए जस्तो छ । त्यस्तो सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि हामी नेपाली सेवा निरन्तर सुनिराखेका छौं ।

मितेरी आवाज : चीनले तिब्र रुपमा गरेको प्रगति र विकासका पछाडि के रहस्य होला ?

माष्करमणि अधिकारी : एकता भन्ने कुरो सबै भन्दा ठूलो कुरो हो । चिनियाँ जनता जुनसुकै अवस्थामा पनि राष्ट्र, राष्ट्रियता र देशको स्वतन्त्रता एवं प्रगतिका लागि एक भएर लागीपरेका कारण नै चीनले यस रुपमा विकास गर्न सकेको हो । चीन हाम्रो छिमेकी मित्र राष्ट्र हो । चीन 21 ‌औं शताब्दीमा अझ शक्तिशाली हुनुपर्छ । चीनले विश्वको ठूलो भूभाग ओगटेको छ । चीनमा विश्वभरि कै सबैभन्दा बढी जनसंख्या छ । चिनियाँ जनता शान्तिप्रिय भए भने त्यो सन्देस सारा संसारभरि फैलिन्छ, त्यसैले पनि अशान्त विश्वलाई शान्त रहन प्रेरणा दिन्छ । चीनले द्रुत विकास र प्रगति गर्यो भने एउटा छिमेकीको नाताले हामीले पनि धेरै लाभ उठाउन सक्छौं । जबसम्म सारा विश्वका मानिस एक हुँदैन तब सम्म विश्वमा अशान्तिको राज्य चलिरहन्छ।

मितेरी आवाज : भविष्यमा सि.आर.आइ.ले कस्ता कार्यक्रम सन्चालन गरोस् भन्ने कामना गर्नुहुन्छ ?

माष्करमणि अधिकारी : हामीले बारम्बार अनुरोध गरेका छौं, सि.आर.आइ.लाई । जसरी पूर्वी नेपालका श्रोताका आवाजलाई तपाईंहरुले सि.आर.आइ.सम्म पुर्याउनु भएको छ, त्यसैगरी मेची देखि महाकाली सम्मका आवाजलाई तपाईंहरुले समेट्नु पर्छ भन्ने अनुरोध गर्दछु । त्यस्तै गरी 3/3 महिनामा प्रकासित मितेरी पुललाई महिनै पिच्छे प्रकासित गरी श्रोता सामुन्ने ल्याउने काम गरोस् भन्ने अनुरोध गर्दछु ।अन्त्यमा विश्वका हरेक कुनामा घटेका घटना, विकास निर्माण, उतार चढावका कुरा छिट्टै सुन्न र बुझ्न चाहनुहुन्छ भने तपाईंले सि.आर.आइ. सुन्नै पर्छ । चीनले गरेका हरेक उपलब्धि बुझेर हाम्रो मुलुकलाई समुन्नत बनाउने अभियानमा लाग्न पनि म सम्पूर्ण श्रोता साथीलाई अनुरोध गर्दछु ।

नेपाली भाषा र साहित्यको विकासमा चिनियाँ मित्रहरुले पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै 30 वर्षमा प्रवेश गरिरहेको सि.आर.आइ. नेपाली सेवाको निरन्तर उच्च प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।