
काला गाउँका बासिन्दा उचिछोमाको घरमा उहाँका दुइवटा नाती गीत गाउँदै खेलिरहेका छन। उहाँको चोकमा एउटा ट्रक र एउटा ट्र्याक्टर रोकी राखिएको छ। केही कुखुराहरुले चारो खोजिरहेका छन। दुइ तले नयाँ भवनको पछाडि पालिएका केही सुँगुरहरु कराइरहेका छन। श्रीमती उचिछोमाले दिनुभएको जानकारीअनुसार, पहिले उहाँको सम्पूर्ण परिवारले उहाँका श्रीमानले पहाडमा खोजेको जडिबूटी बेचेर दैनिक समस्या टार्नुपर्थ्यो। कहिलेकाहीं त आफ्ना इष्ट-मित्रहरु र सरकारको सहयोग पनि लिनुपर्थ्यो। सन 2003 मा आफ्नो जिल्लामा किसान तथा पशुपालकहरुको आवास सुधार परियोजनाको संयोजकत्वमा स्थानीय सरकार र तिब्बतलाई सहायता दिने चीनको भित्री भागका व्यवसायहरुद्बारा दिइएको रकम तथा बैंकद्बारा दिइएको ऋणमार्फत उहाँको परिवारले एउटा दुइ तले भवनको निर्माण गरेको छ। उहाँको भवनमा जम्मा बाह्रवटा कोठा छन।
आफ्नो नयाँ घरबारे जानकारी दिंदै श्रीमती उचिछोमाले खुशी हुँदै भन्नुभयोः
"नयाँ घरमा सरेपछि हामी धेरै खुशी छौं। पहिले हाम्रो घर एकदम फोहर थियो। अहिले हाम्रो घर ज्यादै सफा छ। आगामी दिनहरुमा हामीले अझ बढी आम्दानी गरेर आफ्नो जीवन अझ सुखमय पार्ने छौं।"

श्रीमती उचिछोमाको नयाँ घर यातायातको सुविधा भएको ठाउँमा पर्दछ। यहाँ सारेपछि उहाँको परिवारका सदस्यहरुको बाह्य संसारसितको सम्पर्कमा पहिलेभन्दा धेरै वृद्धि भएको छ। यसबाट तिनीहरुको विचारमा पनि केही परिवर्तन भएको छ। हाल उहाँका तीनैवटा छोरा-छोरी जागिर खानका लागि ल्हासामा छन। उहाँका श्रीमानले जडिबूटी खोज्नुका साथै ढुवानी कार्य पनि गर्नुहुन्छ। उहाँको सम्पूर्ण परिवारको वार्षिक आम्दानी बीसदेखि तीन हजार चिनियाँ युआनसम्म पुगेको छ।
श्रीमती उचिछोमाको घरको दोस्रो तलामा सुत्ने कोठा, अतिथि कक्ष, खाना खाने कोठा छन भने पहिलो तलामा एउटा भण्डार पनि छ। आगामी दिनहरुमा अझ बढी पैसा कमाएर फेरि एउटा घर बनाउनुका साथै बाहिर घुम्न जाने इच्छा श्रीमती उचिछोमाले गर्नुभएको छ।

कुंबुच्यांता जिल्लामा किसान तथा पशुपालकहरुको आवास सुधार परियोजनासम्बन्धी जिम्मा लिनुहुने अधिकारी न्यौ युन शंगले दिनुभएको जानकारीअनुसार, आफ्नो जिल्लामा श्री उचिछोमा जस्तै नयाँ घरमा सारेका किसान तथा पशुपालकका परिवारहरुको संख्या एक हजार दुइ सयभन्दा बढी पुगेको छ। त्यहाँको जनसंख्या उहाँको कुंबुच्यांता जिल्लाका सम्पूर्ण परिवारहरुको कूल संख्याको तीस प्रतिशत जति छ। ती नयाँ घरहरुको निर्माणमा आठ करोड चिनियाँ युआनभन्दा बढी लगानी गरिएको छ। तिब्बतमा किसान तथा पशुपालकहरुको आवासको अवस्थामा सुधारका लागि कुंबुच्यांता जिल्ला एउटा नमूना बनेको छ।
|