• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-06-26 21:15:26    
तिब्बतको नियांह नदीको किनारमा बस्ने किसानहरुको सुखमय जीवन सम्बन्धी जानकारीको दोस्रो भाग

cri Author: वर्षा

             कुंबुच्यांता जिल्लामा किसान तथा पशुपालकहरुको आबास सुधार परियोजनासम्बन्धी जिम्मा लिनुहुने अधिकारी न्यौ युन शंगले दिनुभएको जानकारीअनुसार, स्थानीय किसान तथा पशुपालकहरुको घरको पुनर्निर्माण तथा नयाँ घरको निर्माणमा प्रयोग गरिएको रकम तिब्बतका लागि सहायता प्रदान गर्ने चीनको भित्री भागका केही व्यवसायहरु, आफ्नो जिल्लाको आर्थिक लगानी र किसान तथा पशुपालकहरुबाट संकलन गरिएको रकम हो। स्थानीय सरकारले आर्थिक अवस्था कठीन भएका किसान तथा पशुपालकहरुलाई अझ बढी सुविधा दिएको छ भने स्थानीय बैंकहरुले पनि सुविधायुक्त ऋण प्रदान गरेका छन। आगामी पाँच वर्षमा आफ्नो जिल्लाका सबै किसान तथा पशुपालकहरुलाई आ-आफ्नो नयाँ घरमा सारिदिने कुंबुच्यांता जिल्लाको सरकारको लक्ष्य छ।

             यसबारे चर्चा गर्दै श्री न्यौ युन शंगले भन्नुभयोः

            "हाल हाम्रो कुंबुच्यांता जिल्लामा बस्ने परिवारहरुको कूल संख्या चार हजार चार सयभन्दा बढी छ। यसमा धेरै जसो बासिन्दाहरु कृषि तथा पशुपालन क्षेत्रमा लागेका छन। पहिले तिनीहरुको आवासको वातावरण नराम्रो थियो। यसका साथै तिनीहरुको बानी पनि राम्रो थिएन। तिनताका तिनीहरु आफू घरको दोस्रो तलामा बस्थे भने पहिलो तलामा पशु पाल्थे। त्यस्तो मैला वातावरण सभ्यता र स्वास्थ्यका लागि पनि राम्रो हुँदैन। सन 2003 मा तिब्बतमा सहायता गर्नका लागि तेस्रो खेपका अधिकारीहरु चीनको भित्री भागबाट कुंबुच्यांता जिल्ला आउनुभयो। उहाँहरुले हामीलाई सहायता-रकम पुर्‍याउनुका साथै भित्री भागको अग्रसर धारणा पनि पुर्‍याउनुभएको छ। उहाँहरुले किसान तथा पशुपालकहरुको आबास सुधारसम्बन्धी योजना प्रस्तुत गर्नुभएको हो।"

              काला गाउँका बासिन्दा उचिछोमाको घरमा उहाँका दुइवटा नाती गीत गाउँदै खेलिरहेका छन। उहाँको चोकमा एउटा ट्रक र एउटा ट्र्याक्टर रोकी राखिएको छ। केही कुखुराहरुले चारो खोजिरहेका छन। दुइ तले नयाँ भवनको पछाडि पालिएका केही सुँगुरहरु कराइरहेका छन। श्रीमती उचिछोमाले दिनुभएको जानकारीअनुसार, पहिले उहाँको सम्पूर्ण परिवारले उहाँका श्रीमानले पहाडमा खोजेको जडिबूटी बेचेर दैनिक समस्या टार्नुपर्थ्यो। कहिलेकाहीं त आफ्ना इष्ट-मित्रहरु र सरकारको सहयोग पनि लिनुपर्थ्यो। सन 2003 मा आफ्नो जिल्लामा किसान तथा पशुपालकहरुको आवास सुधार परियोजनाको संयोजकत्वमा स्थानीय सरकार र तिब्बतलाई सहायता दिने चीनको भित्री भागका व्यवसायहरुद्बारा दिइएको रकम तथा बैंकद्बारा दिइएको ऋणमार्फत उहाँको परिवारले एउटा दुइ तले भवनको निर्माण गरेको छ। उहाँको भवनमा जम्मा बाह्रवटा कोठा छन।

               आफ्नो नयाँ घरबारे जानकारी दिंदै श्रीमती उचिछोमाले खुशी हुँदै भन्नुभयोः

"नयाँ घरमा सरेपछि हामी धेरै खुशी छौं। पहिले हाम्रो घर एकदम फोहर थियो। अहिले हाम्रो घर ज्यादै सफा छ। आगामी दिनहरुमा हामीले अझ बढी आम्दानी गरेर आफ्नो जीवन अझ सुखमय पार्ने छौं।"

(क्रमशः)