• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-06-26 21:16:50    
तिब्बतको नियांह नदीको किनारमा बस्ने किसानहरुको सुखमय जीवन सम्बन्धी जानकारीको पहिलो भाग

cri Author: वर्षा

              तिब्बतको पूर्वी भागमा पर्ने लिन्च क्षेत्रको कुंबुच्यांता जिल्लाको सुन्दर टारभूमिमा एउटा छोकाउ ताल नामको दृश्यावलोकन स्थल छ। त्यसको पानी नीलो छ, र त्यसका किनारमा उभिएका रुखहरु हरिया छन। सेतो हिउँले छोपिएका पहाडहरुले यहाँको दृश्यालई अझै रमणीय पारेका छन। भ्रमणका लागि त्यहाँ पुगेका विदेशी पर्यटकहरुले त्यस जिल्लालाई "तिब्बतको स्वीजर्ल्याण्ड" भन्नेगरेका छन। विगत केही वर्षदेखि यता त्यहाँ एउटा नयाँ दृश्य पनि देखिनथालेको छ। त्यो दृश्य कुंबुच्यांता जिल्लाका किसानहरुको नयाँ घरहरुको दृश्य हो।

               छाउ काउ ताल जाने बाटोमा नियाङ ह नाम गरेको एउटा नदी छ। त्यसका दुबै किनारमा हरियालीयुक्त दृश्य देख्नुका साथै तपाईं लहरै बनाइएका दुइ तले घरहरु पनि देख्न पाउनुहुन्छ। ती भवनहरु सबै तिब्बती शैलीमा बनाइएका छन। निलो वा रातो रंगको छानोका कारण ती नयाँ घरहरु अझै सुन्दर देखिन्छन। यीनै हुन, विगत केही   वर्षदेखि यता कुंबुच्यांता जिल्लाका किसान तथा पशुपालकहरुले निर्माण गरेका नयाँ घरहरु।

                काला नामको एउटा गाउँमा पर्ने राजमार्गका दुबैतिर किसानहरु छन। उनिहरुका घरहरुलाई दाउराका खलियाले छुट्याएको देखिन्छ। त्यहाँ हरेक परिवारको आफ्नै घर हुनुका साथै आफ्नो एउटा चोक पनि छ। एउटी तिब्बती वृद्धाले माने घुमाएर टाढा-टाढा हेर्दै कुनै कुरा सोचिरहेकी छिन, केही तिब्बतीहरु एउटा चोकको अगाडि बसेर गफ गर्दै खुशीसाथ हाँसिरहेका छन, र केही केटाहरु एकले अर्कालाई लखेट्दै कराइरहेका छन। तीन/चारवटा तिब्बती सुंगुरहरु अल्छिलाग्दो गरी विस्तारै-विस्तारै बाटोमा हिंडिरहेका छन, एउटा सानो कुकुर पुच्छर हल्लाउँदै दगुरिरहेको छ। कस्तो शान्त र आनन्दमय वातावरण देखिन्छ अहिले त्यहाँ।

               काला गाउँका प्रमुख दोबुचेले दिनुभएको जानकारीअनुसार, पहिले आफ्नो गाउँका बासिन्दाहरुका घर सबै नियांह नदीको छेऊमा थिए। तिनताका आफ्नो गाउँमा राजमार्ग नभएकाले बर्षा ऋतुमा हिंड्न निकै गाह्रो हुन्थ्यो। नदीमा बाढी आएको बेला आफ्नो घर बगाउने/डुबाउने चिन्ताले पनि स्थानीय किसान तथा पशुपालकहरु पिडित थिए। सन 2003 देखि कुंबुच्यांता जिल्लाले स्थानीय किसान तथा पशुपालकहरुको आवास सुधार परियोजनाको कार्यान्वयन गर्दैआएको छ। काला गाउँका सबै बासिन्दाहरुले सरकारको सहयोगमा अब आफ्ना घर अग्लो ठाउँमा सारेका छन। यसबारे चर्चा गर्दै श्री दोबुचेले भन्नुभयोः

             "पहिले हाम्रो गाउँमा आवासको अवस्था निकै कमजोर थियो। तिनताका मानिस र पशुहरु एउटै ठाउँमा बस्नेगरेका कारण हाम्रो गाउँ ज्यादै फोहर देखिन्थ्यो। अहिले हामी नयाँ घरमा सरेका छौं। हामीले आफ्नो घरको पछाडिको चोकमा पशु पाल्नेगरेकाछौं। अहिले हाम्रो घरमा चर्पी पनि छ। त्यसैले हाल हाम्रो घर निकै सफा-सुग्घर देखिन्छ।"

(क्रमशः)