• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-02 09:11:53    
सि.आर.आई.का पुराना स्रोता अनिलकुमार चौधरीसँगको कुराकानी

cri

सि.आर.आई.का पुराना स्रोता अनिलकुमार चौधरीसँग मितेरी आवाज उदयपुर जिल्लाको हडिया गाविसका अनिलकुमार चौधरी, भीमसेन रेडियो लिसनर्स क्लबका अध्यक्षसमेत हुनुहुन्छ। शिक्षण पेशामा संलग्न अनिलकुमार चौधरी प्रत्यक दिन सि.आर.आई.का कार्यक्रमहरु ध्यानदिएर सुन्ने गर्नुहुन्छु। विराटनगर आउनुभएको समयमा हामीले वहाँका विचार बुझ्नेमौका पाएका थियौ ।

मितेरी आवाज : सि.आर.आई.ले हप्ताभरीमा धेरै कार्यक्रम प्रशारण गर्दछ। तपाइलाई तीमध्ये रसभिजेका कार्यक्रम कुन-कुन हुन छ ?

अनिलकुमार चौधरी : हुन त सबै कार्यक्रम स्तरीय नै छन्। त्यती भएर पनि पत्र मन्जुषा र मितेरी आवाज कार्यत्रmम मेरा पि्रय कार्यक्रम हुन्। यद्यपी म सबै कार्यक्रम ध्यान दिएर सुनिरहेको छु र सुनिरहनेछु।

मितेरी आवाज : चिनिया भाषा प्रशिक्षण, चीनको संस्कृति, खेलकुद र स्वास्थ्य, संगित, अर्थजगत लगायतका कार्यक्रमलाई कसरी मूल्याÍन गर्नुहुन्छ ?

अनिलकुमार चौधरी : म सि.आर.आई. को नियमित स्रोता भएकोले प्रत्येक कार्यक्रमलाई उत्तिकै महत्व दिन्छु । सि.आर.आई.ले स्रोताका चाहाना र रूची अनुसारका कार्यक्रम प्रशारण गरेर स्रोताको मन जितेको छ । त्यसैले अब हरेकको रूची र चाहना सि.आर.आई.ले समेट्‍दै अगाडि बढिरहेको महशुस गरेको छु र सि.आर.आई.को निरन्तर प्रगतिको कामना व्यक्त गर्दै सि.आर.आई. भविष्यमा अझ स्तरीय कार्यत्रmम लिएर आउन सकोस भन्ने कामना गर्दछु।

मितेरी आवाज : सुरू-सुरूमा सि.आर.आई.आधाघण्टा मात्र सुन्न पाइन्थ्यो। अहिले चार घण्टा सुन्न पाइन्छ। सि.आर.आई.ले स्रोताको चाहनालाई मध्यनजर राख्दै गरेको यो प्रयासलाई कसरी हेर्नुहुन्छ?

अनिलकुमार चौधरी : सि.आर.आई. ले स्रोताको चाहना, मर्म र आवश्यकता बुझेर समय थप गरेको हो जस्तो मलाई लाग्छ । सि.आर.आई.स्रोताको माया पाएर निरन्तर अगाडि बढीरहेको छ, फैलिरहेको छ, लोकपि्रय भइरहेको छ । त्यसैले यसको समय बढ्‍नु स्रोताको हित र चाहना बमोजिम हो।

मितेरी आवाज : मितेरी पुल पत्रिकालाई अझ स्तरीय र लोकपि्रय बनाउन साथै मेची देखि महाकालीसम्म पुर्‍याउन के गर्नुपर्ला?

अनिलकुमार चौधरी : मितेरी पुल पत्रिका स्तरीय र ज्ञानवद्धर्क मात्र नभएर स्रोता-स्रोता बीचको मायालाई जोड्‍ने पुल पनि भएको छ । यो पत्रिकाको माग दिनप्रतिदिन बढीरहेको छ । तर सबैले पाउन सकिरहेको छैनन्। यसलाई बढी भन्दा बढी स्रोताको माझमा पुर्‍याउन नितान्त आवश्यक छ। त्यती मात्र नभएर यस पत्रिकाले पुराना स्रोतालाई मात्र स्थान नदिई नयाँ स्रोतालाई पनि समेट्‍न सक्नुपर्छ। त्यसो भयोभने मितेरी पुल पत्रिका सि.आर.आई.र स्रोताको माया र भावना जोड्‍ने पुल बन्नेछ। त्यसैले म मितेरी पुल पत्रिकामा नयाँ स्रोताले पनि मौका पाउनु पर्छ भन्ने मान्यता राख्दछु ।

मितेरी आवाज : सि.आर.आई.ले समय-समयमा संचालन गर्ने ज्ञानविज्ञान प्रतियोगिताले स्रोतालाई कस्तो खालको ज्ञानदिने गर्दछ।

अनिलकुमार चौधरी : सि.आर.आई.ले समय-समयमा संचालन गर्ने गरेका ज्ञानविज्ञान प्रतियोगिताले स्रोताको बौद्धिक विकासमा सहयोग पुर्‍याउने गरेको छ। हामीले चीनले हरेका क्षेत्रमा हासिल गरिरहेका सफलता बुझ्ने मौका पाएका छन्। चीनको तिब्र विकास र प्रगतिबाट सिक्नु पर्ने धरै विषय र कुरा छन्। ती सबै सुन्न पाइने हुँदा ज्ञानविज्ञान प्रतियोगिताको संचालन निरन्तर भइरहनु पर्छ भन्ने हाम्रो क्लबको धारणा हो।

मितेरी आवाज : सन् 2005 मा चीनमा ओलम्पिक खेलकुदको आयोजना हुदैछ, यो खेललाई नेपाली स्रोताले कसरी हेरेका छन्?

अनिलकुमार चौधरी : सन् 2005 मा चीनमा आयोजना गरिने ओलम्पिक खेलकुदलाई नेपाली स्रोताले आफ्नै भूमिमा भइरहेको महशुस गरेका छन्। मित्र राष्ट्रले खेलकुदको क्षेत्रमा गरेको उपल्लो तहको विकासबाट आज विश्वको ध्यान चीन तिर एकोरिएको छ र हामीले पनि चीनको खेलकुदको विकासबाट सिक्ने धेरै कुरा छन्‍ । हामी सन्2005 को ओलम्पिक खेलकुदको पूर्ण सफलताको कामना गर्दै यस खेलकुदको आयोजना गर्ने महान अभियानमा सिंगो नेपाली जनताको समर्थन र सुभेक्षा चीनलाई ज्ञापन गर्दछौं।

मितेरी आवाज : धन्यवाद ।