• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-04 18:31:06    
नेपालीहरुमा चिनियाँ भाषा सिक्ने चाहना बढिरहेको छ

cri

      चिनियाँ भाषालाई मन पराउने नेपालीहरुको संख्या बढ्‍दै गएको छ। दुई वर्ष अगाडि चिनियाँ दूताबासको सहयोगमा चिनियाँ भाषा स्वयंसेवक शिक्षकहरु नेपाल ल्याएर चिनियाँ भाषा शिक्षणलाई संस्थागत गरेको थियो। चिनियाँ दूताबासले सि.आर.आई.लाई दिएको जानकारी अनुसार अहिले चिनियाँ भाषा सिकाउने स्वयंसेवक शिक्षकहरुको माग बढिरहेको छ।

      नेपालमा मात्र होइन संसारमै चिनियाँ सामानहरु अत्यधिक लोकपि्रय मानिन्छन्। विश्वकै अर्थतन्त्रमा चिनियाँ सामानले बजार विस्थापित गर्न थालेपछि चिनियाँ भाषा सिक्ने उभार संसारमै देखा परेको छ। विश्वमा अंग्रेजीपछि सबैभन्दा धेरै बोलिने भाषामा चिनियाँ भाषा पर्छ। नेपालमा पनि चिनियाँ भाषा सिक्नुलाई भविष्य बनाउनु हो भनेर लिने गरिन्छ।

      नेपालको अशल छिमेकी राष्ट चीनसँग लामो सीमा जोडिएको छ। यी दुई देशबीचमा परम्परादेखि नै व्यापारिक तथा आर्थिक सम्बन्धले इतिहास निर्माण गरेको छ। नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा तथा तामा जाति र चीनको तिब्बती जातिबीचमा धेरै कुरामा समानता पाइन्छ। आधुनिक कालमा पनि नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सुमधुर र न्यानो रहेको छ।

      आधुनिक कालसँगै नेपालीहरुमा चिनियाँ भाषा सिक्ने मोह बढ्‍न थालको हो। चिनियाँ दूताबास संस्कृति विभागले काठमाडौँ उपत्यकामा रहेका चिनियाँ स्वयंसेवी शिक्षकहरुको चिनियाँ भाषा प्रशिक्षणलाई नियमित रुपमा अनुगमन गर्ने गरेको छ। सिक्ने र सिकाउने दुबै अत्यन्त उत्साही रहेको संस्कृति विभागका तृतीय सचिव फानले सि.आर.आई.लाई बताउनुभयो । उहाँका अनुसार आगामी सेप्टेम्बरदेखि तेस्रो वर्षको भाषा कक्षाका स्वंयसेवक शिक्षकहरु चीनबाट नेपाल आउने छन्। चालु वर्षको 19 जना चिनियाँ स्वयंसेवी भाषा शिक्षकमा बढाउनु पर्ने माग रहेको पनि उहाँले बताउनुभयो ।

      त्रिभुवन विश्वविद्यालयको विश्वभाषा क्याम्पसले चिनियाँ भाषालाई निकै पहिलेदेखि अध्यापन गराउँदै आएको थियो भने यही शैक्षिकसत्रदेखि काठमाडौँ विश्वविद्यालयले पनि चिनियाँ भाषा शिक्षण कक्षाको सुरुआत गरेको छ। त्यसैगरी विभिन्न विद्यालय र निजी इन्स्टिच्युटहरुले पनि चिनियाँ भाषा अध्यापन गराउँदै आएका छन्।

      चेतनाथ आचार्य

      सि.आर.आई.

      काठमाडौँ