• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-05 19:01:52    
नेपालको काठमाडौँमा नेपाल चीन समकालीन संवाद आयोजना हुने भएको छ

cri

      चीन अध्ययन केन्द्र र परराष्ट मामिला संस्थाले संयुक्त रुपमा नेपाल चीन समकालीन संवादको आयोजना गर्ने भएका छन्। यही जुलाई 6 तारिख शुक्रबार काठमाडौँको मल्ल होटलमा आयोजना गरिने उक्त गोष्ठीमा नेपाल र चीनबीचेको सम्बन्धको समीक्षा समेत गरिनेछ।

      परराष्ट मामिला संस्थाका कार्यकारी निर्देशक प्राध्यापक डा. गोपालप्रसाद पोख्रेलले सि.आर.आई.लाई बताउनुभए अनुसार ननेपालका परराष्ट मन्त्री सहाना प्रधान र ननेपालका लागि चिनियाँ राजदूत च सियाङ लिनले उक्त गोष्ठीलाई सम्बोधन गर्नुहुनेछ।

      नेपाल चीन समकालीन संवादमा चीनबाट आएको उच्च स्तरीय प्रतिनिधिमण्डलले पनि भाग लिनेछ। भोलि जुलाई 5 तारिख बिहीबार चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसनको उच्च स्तरीय प्रतिनिधिमण्डल नेपाल आउँदैछ। प्रतिनिधिमण्डलको नेतृत्व इन्स्टिच्युटका उपाध्यक्ष लि साओसियानले गर्दै हुनुहुन्छ। भोलि अपरान्ह 2 : 30 बजे प्रतिनिधिमण्डल बंगलादेशबाट नेपाल आइपुग्नेछ।

      नेपाल चीन समकालीन संवादमा नेपालमा कार्यरत चिनियाँ मैत्री संघसंस्थाहरु, चीनको बारेमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरु, चीनका लागि नेपाली पूर्व राजदूतहरु, पत्रकारहरुले भाग लिने कुरा प्रा.डा. पोख्रेलले बताउनुभयो। यस्तो कार्यक्रम दुई देशबीचको मैत्री सम्बन्धमा महत्वपूर्ण हुने बताउँदै प्रा.डा. पोख्रेलले भन्नुभयो युगौँ पुरानो दुई देशको सम्बनधलाई यस्ता कार्यक्रमले ठोस रुपमा क्रियाशील बनाउनेछन्।

      परराष्ट्र मामिला संस्थाले नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका राष्ट्रहरुका बीचमा संवाद गर्दै लाने काम गर्छ । यो अर्द्ध सरकारी निकाय हो । चीन अध्ययन केन्द्र नेपालमा स्थापित नेपाल चीन मैत्री संस्थामा सबैभन्दा ठूलो गैरसरकारी संस्था हो। यी दुई संस्थाले संयुक्त रुपमा आयोजना गरेको गोष्ठी चीन नेपाल सम्बन्धमा महत्वपूर्ण हुने विज्ञहरु बताउँछन्।

      चेतनाथ आचार्य

      सि.आर.आई.

      काठमाडौँ