• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-06 18:30:25    
चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रतिनिधिमण्डल आज नेपाल पुगेकोछ

cri

      चीन अध्ययन केन्द्रको निमन्त्रणामा चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको एक उच्च स्तरीय प्रतिनिमण्डल आज अपरान्ह काठमाडौँ आइपुगेको छ। चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन सिआईसिआईआर जसलाई नेपालीमा चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध संस्था भनिन्छ। संस्थाका उपाध्यक्ष लि साओसियानको नेतृत्वमा चार सदस्यीय उच्च स्तरीय प्रतिनिधिमण्डल आज अपरान्ह 2: 30 बजे बंगलादेश हुँदै काठमाडौँ आइपुगेको हो।

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतम तथा कोषाध्यक्ष डा. गंगाप्रसाद उप्रेती तथा अन्य पदाधिकारीले चिनियाँ प्रतिनिधिमण्डलको स्वागत गर्नुभएको थियो। त्यसै गरी चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रतिनिधिमण्डलको स्वागतका लागि काठमाडौँस्थित चिनियाँ दूताबासका अधिकारीहरु पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो।

      चिनियाँ प्रतिनिधिमण्डल आगामी जुलाई 10 तारिखसम्म काठमाडौँमा रहनेछ। भोलि 6 तारिख होटल मल्लमा आयोजना हुने नेपाल चीन समकालीन संवादमा यस उच्च स्तरीय चिनियाँ प्रतिनिधिमण्डलले भाग लिनेछ। संवादको आयोजना चीन अध्ययन केन्द्र र परराष्ट मामिला संस्थाले संयुक्त रुपमा गर्नेछन्। नेपाल बसाइका क्रममा चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी परराष्ट मन्त्री सहाना प्रधान र अन्य मन्त्रीहरुसँग पनि प्रतिनिधिमण्डलले भेट गरी दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्नेछ। नेपालका मुख्य राजनीतिक दलका नेताहरु तथा उच्च स्तरीय सरकारी अधिकारीहरुसँग पनि प्रतिनिधिमण्डलको भेटघाट कार्यक्रम रहेको चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले सि.आर.आई.लाई बताउनुभयो।

      चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको उच्च स्तरीय प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक स्थानका साथै लुम्बिनी र चितवनको अवलोकन भ्रमण पनि गर्नेछ।

      चेतनाथ आचार्य

      सि.आर.आई.

      काठमाडौँ