• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-09 16:25:37    
नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले नेपालमा संविधान सभाको निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न हुने विश्वास लिनु भएको छ

cri Author: चेतनाथ

          चीन र नेपालको सीमा खासा बाजारसम्म चिनियाँ रेलमार्ग आउने कुरामा नेपाल सरकारले विश्वास लिएको परराष्ट्रमन्त्री सहाना प्रधानले व्यक्त गनुभएको छ । नेपाल चीन समकालीन संवादमा बोल्दै आज परराष्ट्रमन्त्री प्रधानले भन्नुभयो तीन वर्षभित्रमा चीन सरकारले ल्हासाबाट सिगाच्छेसम्म रेलमार्ग बनाउने योजना बनाएको छ । मलाई विश्वास छ चीन सरकारले सिगाच्छेबाट खासासम्म पनि रेलमार्ग विस्तार गर्नेछ ।

           आर्थिक रुपले विश्वमै सम्पन्नशाली कहलिएको चीनले गरेको सहयोग नेपालका लागि महत्वपूर्ण हुने बताउँदै परराष्ट्रमन्त्री प्रधानले चीन र नेपालबीचमा परम्मरादेखि सहकार्य र समझदारीपूर्ण सम्बन्ध रहेको बताउनु भयो । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले नेपालमा संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न हुने कुरामा विश्वास प्रकट गर्नुभयो । चीन सरकारको सहयोगमा निमार्ण हुँदै गरेको स्याप्रुबेसी रसुवा सडक र खासा काठमाडौँ अप्टिकल फाइबर बिछ्याउने काम यही वर्षभित्र सम्पन्न हुने कुरा राजदूत सियाङलिनले बताउनुभयो ।

            चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसनका उपाध्यक्ष लि साओसियानले आफ्नो संस्थाको यो पहिलो भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल सरकार र जनता दुवैले आफूहरुलाई न्यानो स्वागत गरेको बताउँदै लिले भन्नुभयो "चीन अध्ययन केन्द्र र आफ्नो संस्थाबीचमा सम्झौता पत्रमा हस्ताक्षर गरी संस्थागत सम्बन्ध विस्तार हुने भएको छ ।" चीन अध्ययन केन्द्र र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानारा संयुक्त रुपमा आयोजित नेपाल चीन समकालीन संवादमा चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतम, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. गोपालचन्द्र पाख्रेलले पनि बोल्नुभएको थियो ।

             पाँच दिने नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज बिहान नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको थियो ।

 सि.आर.आई.काठमाडौँ