• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-10 20:23:09    
नेपालमा कृयाशील चीन अध्ययन केन्द्र र समसामयिक अन्तर्राष्ट्रिय सम्बन्धका लागि चिनियाँ संस्थाबीचमा समकक्षी सम्बन्धको स्थापना भएको छ

cri Author: चेतनाथ
             चीन अध्ययन केन्द्र र समसामयिक अन्तर्राष्टि्रय सम्बन्धका लागि चिनियाँ संस्थाबीचमा दुई पक्षीय सम्झौता भएको छ । यही जुलाई 7 तारिख शनिबार काठमाडौँमा भएको दुई पक्षीय सम्झौतामा चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी तथा चिनियाँ संस्थाको तफबाट उपाध्यक्ष लि साओसियानले हस्ताक्षर गर्नुभएको छ ।

            प्राज्ञिक आदानप्रदान तथा सहयोग सम्बन्धी महासन्धी भनिएको सम्झौतापत्रमा 11 वटा बुँदाहरु रहेका छन् । यो सम्झौताबाट संस्थागत आधार तयार भएको र दुबै संस्था समकक्षी रुपमा रहेको चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतमले सि.आर.आई.लाई बताउनुभयो । आगामी दिनमा दुबै संस्था मिलेर काम गर्ने प्रतिवद्धता पनि सम्झौतामा उल्लेख छ । सम्झौतामा राखिएका मुख्य बुँदाहरुमा हरेक वर्ष आलोपालो गरेर दुबै संस्थाले प्राज्ञिक प्रतिनिधिमण्डलको आदानप्रदान गर्नेछन् । त्यसैगरी दुबै संस्थाले संयुक्त रुपमा अनुसन्धान गर्नेछन् भने आ-आफ्ना प्रकाशनहरु पनि आदानप्रदान गर्नेछन् ।

             नेपाल र चीनमा कृयाशील नीतिगत विषयका अनुसन्धान तथा विश्लेषण गर्ने र खोज अनुसन्धान गर्ने काम पनि यस सम्झौतापत्रमा उल्लेख छ । समसामयिक अन्तर्राष्टि्रय सम्बन्धका लागि चिनियाँ संस्था सन् 1981 मा स्थापन भएको हो । यो चिनियाँ प्राध्यापकहरु तथा अनुसन्धाताहरुको साझ मञ्च हो । अहिले नेपालमा रहेको यस संस्थाका उपाध्यक्ष लि साओसियानको नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएको पहिलो प्रतिनिधिमण्डल हो । संस्थाको पहिलो नेपाल भ्रमणमा नै चीन अध्ययन केन्द्रसँग सम्झौतामा हस्ताक्षर भई समकक्षी सम्बन्ध विस्तार हुनु महत्वपूर्ण मानिन्छ ।

              चीन अध्ययन केन्द्रले यसभन्दा अगाडि सन् 1999 मा चिनिया एसोसिएसन फर इन्टरनेसनल प्रेण्ड्ली कोअपरेसनसँग दुई पक्षीय सम्झौतामा हस्ताक्षर भइसकेको छ । चीन अध्ययन केन्द्रले अन्य थुप्रै चिनियाँ संघसस्थासँग मिलेर नेपालमा चीन र नेपालबीचको मैत्री सम्बन्ध विस्तार गर्ने काम गरिरहेको छ ।

सि.आर.आई.काठमाडौँ