• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-11 16:51:21    
संविधानसभाको निर्वाचनले नेपालको भविष्य निर्धारण गर्ने कुरा नेपाल भ्रमणमा रहनुभएका लि साओसियानले बताउनुभएको छ

cri Author: चेतनाथ

          आगामी मंसिरमा हुने संविधानसभाको निर्वाचनले नेपालको भविष्य कोर्ने समसामयिक अन्तर्राष्टि्रय सम्बन्धका लागि चिनियाँ संस्था सि आइ सि आई आरका उपाध्यक्ष लि साओसियानले बताउनुभएको छ । आफ्नो छ दिने नेपाल भ्रमण सिध्याएर चीन फर्कनु अगाडि आज सि.आर.आई.सँग कुरा गर्दै चिनियाँ प्रतिनिधिमण्डलका नेता लिले भन्नुभयो "हाम्रो संस्थाको यो पहिलो नेपाल भ्रमण अत्यन्त सफल रह्यो । "

           आफ्नो प्रतिनिधिमण्डलको नेपाल भ्रमणले थुप्रै उपलब्धी हासिल गरेको नेताले लिले बताउनुभयो । प्रधानमन्त्रीदेखि सत्तासीन आठवटै राजनीतिक दलका नेताहरुलाई आफूहरुले भेटेर कुराकानी गरेको उहाँले बताउनुभयो । आगामी मंसिर महिनामा हुने संविधानसभाको निर्वाचनका लागि सरकार, राजनीतिक दल तथा निर्वाचन आयोग गम्भीर भएर काम गरिरहेको आफूले महसुस गरेको पनि उहाँले बताउनुभयो । नेता लिले निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोख्रेललाई पनि भेट्नु भएको थियो ।

            नेपालमा संविधानसभाको निर्वाचनपछि स्थायी शान्ति लागू हुने र राजनीतिक स्थिरता आउने बताउँदै यसबाट नेपालको भविष्य कोरिने पनि चिनियाँ नेता लिले बताउनुभयो । चीनले सधैँ नेपालमा स्थायी शान्ति भएको तथा प्रगति भएको देख्न चाहने बताउँदै चीन अध्ययन केन्द्रसँग समकक्षी सम्बन्ध स्थापना भएपछि दुई देशबीचको मैत्री सम्बन्धमा अब प्राज्ञिक अनुसन्धान र विश्लेषण हुने बतउनुभयो । समसामयिक अन्तर्राष्टि्रय सम्बन्धका लागि चिनियाँ संस्था सन् 1980 मा स्थापन भएको हो । यस संस्थामा चीनका ख्यातिप्राप्त प्राध्यापकहरु तथा अनुसन्धान कर्ताहरु रहनुभएको छ । अब चीन अध्ययन केन्द्रसँग मिले यस संस्थाले नेपाल र चीनबीचमा प्राज्ञिक आदानप्रदानको सुरुआत गर्नेछ । जुलाई 5 तारिख काठमाडौँ आएको चिनियाँ प्रतिनिधिमण्डलले चितवन र लुम्बिनीको अवलोकन भ्रमण पनि गरेको थियो ।

सि.आर.आई.काठमाडौँ