चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले अन्तर्राष्ट्रिय मुद्रा कोषका नयाँ गभर्नरको उम्मेदवार अन्तर्राष्ट्रिय आर्थिक तथा बैंकिङ प्रणालीप्रति विकासोन्मुख मुलुकको खाँचो र आग्रहमाथि येथष्ठ विचारमा विज्ञ भएको हुनुपर्ने अडान चीनले लिएको कुरा बताउनुभएको छ।
उहाँले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो। हाल युरोपेली संघले फ्रान्सका भूतपूर्व आर्थ मन्त्री दोमिनिक स्ट्रान्स काहनलाई अन्तर्राष्ट्रिय मुद्रा कोषका नयाँ गभर्नरको उम्मेदवारका लागि सिफारिस गरेको कुरामा चीनले नजर पुर्याएको कुरा बताउँदै प्रवक्ता छिन कांगले यसबारे चीनले अन्तर्राष्ट्रिय मुद्रा कोषका अन्य सदस्यहरुसित छलफल गर्ने कुरा औंल्याउनुभएको छ।
|