• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-12 21:09:04    
छ पक्षीय वार्तामा सहभागि पक्षहरुका प्रमुखहरुबीचको सम्मेलन शुरु हुने

cri Author: वर्षा

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले बाह्र तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै विभिन्न पक्षले सल्लाह गरेर एकमतोका साथ कोरिया प्रायव्दीपको आणविक समस्या सम्बन्धी छैठौं चरणको छ पक्षीय वार्तामा सहभागी प्रतिनिधि मण्डलका प्रमुखहरुको सम्मेलन जुलाई अठारदेखि उन्नाइस तारिखसम्म पैचिंगमा आयोजित हुने कुरा सार्वजनिक गर्नुभयो । त्यस अवसरमा प्रारंभिक कार्यक्रमलाई व्यवहारमा उतार्ने समस्या बारे छलफल गर्नुका साथै पछिका कार्यक्रम बारे पनि छलफल गरिने भएको छ ।

          श्री छिन कांगले प्रतिनिधि मण्डलका प्रमुखहरुको सम्मेलनताका सम्बन्धित पक्षहरुले कोरियाको आणविक समस्या , छ पक्षीय वार्ताका प्रक्रिया आदि साझा चासोका समस्या बारे छलफल गर्नेछन् भन्नुभयो । चीनले अरु विभिन्न पक्षहरुसं‍ग मिलेर सम्मेलनमा सकारात्मक प्रगति हासिल गराउन प्रयास गर्नेछ ।

         यसै बीच रुसको परराष्ट्र मन्त्रालयले आज एउटा विज्ञप्ति प्रकाशित गर्दै नयाँ चरणको वार्तामा प्रगति हासिल  गराउनका लागि रुसले प्रयास गर्ने कुरा सार्वजनिक गरेको छ।

           आज गणतन्त्र कोरियाको वाणिज्य मन्त्रालयले पनि यस पटकको सम्मेलनले प्रारम्भिक चरणको कदमको कार्यान्वयनलाई साकार तुल्याउन सक्ने गणतन्त्र सरकारको आशा प्रकट गरेको छ।