• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-16 16:28:17    
नेपाल सरकारले आ.व. 2064/065 का लागि 1 खर्ब 68 अर्ब 99 करोड 56 लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।

cri

       अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष 2064/065 को वार्षिक बजेट हिँजो अपरान्ह सार्वजनिक गर्नु भएको हो। संविधान सभाको निर्वाचनलाई मुख्य एजेण्डाको रुपमा प्रस्तुत गर्दै वर्षौं देखि सरकारले राजदरबारलाई भारी बजेट दिने परम्परालाई समेत तोड्दै अर्थमन्त्री डा. महतले सो बजेट प्रस्तुत गर्नु भएको छ।

           एक दशक लामो जनयुद्धमा संलग्न माओवादी समेत सम्मिलित सरकारको तर्फबाट अर्थ मन्त्री डा. महद्बारा प्रस्तुत बजेटमा निर्वाचन आयोगलाई 3 अरब 50 करोड रुपैयाँ विनियोजन गरेको छ भने सुरक्षा तर्फ बजेट वृद्धि गरी नेपाल प्रहरीलाई 9 अर्ब 56 करोड विनियोजन गरिएको छ।

           यस वर्षको बजेटले नेपालमा आर्थिक वद्धि दर 5 प्रतिशतले पुर्याउने लक्ष्य राखेको छ। मध्य पहाडी क्षेत्रमा 5 वर्ष भित्र राजमार्ग निर्माण गरिने यस वर्षको बजेटमा उल्लेख गरिएको छ।

           कृषि र ग्रामिण पूर्वाधार अर्थतन्त्रको आधार नारा अघि सार्दै सरकारले आ.व. 2064/065 मा कृषि क्षेत्रका लागि 47.3 प्रतिशतले बजेट थपेको छ।

           थप 12 हजार शिक्षक नियुक्तिलाई प्राथमिकतामा राखेर सरकारले देशको शिक्षामा हाल सम्मकै सबै भन्दा बढी बजेट विनियोजन गरेको छ। सरकारले शिक्षामा यस वर्ष 5 अर्ब 38 करोड वृद्धि गरी 28 अर्ब 29 करोड पुर्याएको छ।

           त्यसै गरी गा. वि.स. लाई दिइदै आएको 10 लाख अनुदानलाई यस वर्ष पनि निरन्तरा दिइएको छ।

           हिँजो प्रस्तुत बजेटमा कर्मचारीहरुको तलब 27 प्रतिशत वृद्धि गर्न प्रस्ताव गरिएको छ। कर्मचारीहरुलाई सरकारले गत वर्ष देखि नै तलब स्केलको 10 प्रतिशत महँगी भत्ता स्वरुप दिइरहेकोमा त्यसलाई कटौती गरेर 27 प्रतिशत वेद्धि गर्ने बजेटमा उल्लेख छ।

           आगामी आ.व. का लागि प्रस्तावित बजेटमा चालु खर्च तर्फ 98 अर्ब 17 करोड 24 लाख 91 हजार र पुँजीगत तर्फ 55 अर्ब 26 करोड 16 लाख 82 हजार रुपैयाँ छुट्याइएको छ। यस मध्ये साधारण प्रशासन तर्फ 93 अर्ब 74 करोड 30 लाख 42 हजार र विकास खर्च 75 अर्ब 25 करोड 25 लाख 55 हजार रुपैयाँ रहेको छ।

           अर्थमन्त्रीले पेश गरेको बजेट वक्तव्यमा चालु वर्षमा आर्थिक वृद्धि दर 2 दशमलब 5 प्रतिशत रहनेमा आगामी वर्ष 5 प्रतिशत हुने लक्ष्य लिइएको छ।

रमेशकुमार भट्टराई

सी.आर.आई.

झापा