• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-20 17:02:18    
काठमाडौं उपत्यकामा नयाँ चक्रपथको निर्माण कार्य शुरु हुने भएको छ।

cri

       वर्षौं देखि चर्चा हुँदै आएको काठमाडौं उपत्यकाको बाहिरी चक्रपथको निर्माण कार्य अब चाँडै शुरु हुने भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत काठमाडौं उपत्यका बाहिरी चक्रपथ निर्माण आयोजनाका मेनेजर शुरेस आचार्यका अनुसार विस्तृत अध्ययन सर्वेक्षणका कार्य सम्पन्न हुनासाथ चक्रपथ निर्माण कार्य शुरु हुनेछ।

            कुल 72 कि.मि. लम्बाई र 50 मि. चौडाई रहने चक्रपथको निर्माण चिन सरकारको आर्थिक सहयोगमा हुन लागेको अयोजना मेनेजर आचार्यले सि.आर.आई. लाई जानकारी दिनु भएको छ।

            आयोजनाका मेनेजर आचार्यका अनुसार चक्रपथ निर्माणका लागि अधिग्रहण गरिएको जमिनको मुआत्तब्जा दिइने छैन। जमिनको मुआब्जाको बदलामा चत्रपथको दुई सय पचास मिटर दायाँ बायाँको जमिनलाई व्यवस्थित गरी  आवास योजना अगाडि बढाउने नीति आयोजनाले लिएको छ।

            कुल 10 अर्बको लागतमा चक्रपथ निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले थप सात अर्ब खर्चिएर आवास योजना अगाडि सारिएको आचार्य बताउनु हुन्छ।

            32 किलोमिटर सम्मको प्लानिङ्ग, समेत भइसकेको काठमाडौं उपत्यका बाहिरी चक्रपथ भक्तपुर नगरपालिका भन्दा पूर्वमा रहेको अरनिको राजमार्ग अन्तर्गत भाते ढिकुरोबाट शुरु भई खरीपाटि, थाङ्गडोल, चाँगुनारायण, झौझेल, नयाँपाटी, गोकर्णेश्वर, कपन, बुढानिलकण्ठ, टोखा, नागार्जुन, सितापाइला, नैकाप, चोभार, बुङ्‍मति, खोकना, थेचु, लुभु, सिरुटार, दधिकोट, कटुन्जे, भएर नयाँ ठिमी हुँदै अरनिको राजमार्ग अन्तर्गत भातेढिकुरो आएर जोडिने आयोजनाले जनाएको छ।

            भित्री चक्रपथ भन्दा 4 देखि 5 किलोमिटर बाहिर बन्ने चक्रपथले काठमाडौं उपत्यकाको अव्यवस्थित आवास र सडक सञ्जाललाई व्यवस्थित गर्न मद्दत पुग्ने विश्वास उपत्यकाबासीले लिएका छन्।

            बाहिरी चक्रपथको नागार्जुन खण्डमा बन्ने 3 सय मिटरको सुरुङ मार्गले नेपालमै पहिलो सुरुङ मार्गको अनुभव समेत गराउने भएको छ।

रमेश कुमार भट्टराई

सि.आर.आई.