 चीनको भन्सार कार्यालयको तथ्यांकअनुसार, नान यौ एक्सप्रेस राजमार्ग सञ्चालनमा आएपछि मैत्री नाकाबाट आयात-निर्यात गरिएको मालसामानका कूल मात्रामा गत वर्षको सोही अवधिको तुलनामा अठतीस प्रतिशतले वृद्धि भएको छ जुन आजसम्मकै सबैभन्दा बढी हो।
राजमार्गको दाया-बायाँ बसोबास गर्ने चिनियाँ बासिन्दाहरुले उक्त एक्सप्रेस राजमार्ग सञ्चालनमा आएपछि अन्तर्देशीय व्यापार आफ्नो घर अगाडी आएजस्तो लागेको कुरा वताएका छन। यसरी नान यौ एकस्प्रेस राजमार्गले चीन र आशियान बीच स्थल व्यापारको ढोका खोलेको छ। त्यसपछि आर्थिक विकासको मौका पनि आएको छ। चीन र आशियानलाई जोड्ने राजमार्गको निर्माणका लागि क्वाङ सि प्रान्तले प्रयास गर्ने कुरा वताउँदै क्वाङ सि चुआङ जातीय स्वायत्त प्रदेशका उपाध्यक्ष छन उले भन्नुभयो:

हाम्रो एउटा कल्पना छ: रेल-मार्ग र राजमार्गले चीनको क्वाङ सि च्वाङ जातीय स्वायत्त प्रदेशको सदरमुकाम नान निङलाई हनोइसँग जोड्नेछन, त्यसपछि ती मार्ग हनोइदेखि भियन्टिन अनि बैंककसम्म र बैंककबाट दक्षिणतर्फ क्वालालम्पूर र सिङगापुरसम्म पुग्नेछन, अनि नान निङदेखि सिङगापुरसम्मको एउटा प्रत्यक्ष ठूलो बाटो बन्नेछ। त्यो ठूलो बाटो बाटो वरपरका क्षेत्र र वरिपरिका मुलुकको अर्थतन्त्रको विकासका लागि अत्यन्तै हितकर हुने छ।
उत्तरी खाडी क्षेत्रको आर्थिक सहयोगको श्रेष्ठता पर्याप्त स्रोत साधनयुक्त पर्यटनमा प्रतिबिम्बित भएको छ। केही समयअघि चीन र भियतनामका नौवटा शहर बीच "उत्तरी खाडी क्षेत्रमा पर्यटन-सहयोग घोषणा-पत्र"मा सही भएको छ जसबाट उक्त क्षेत्रमा सुविधायुक्त पर्यटन बजारको स्थापना गर्ने निर्णय गरिएको छ। उत्तरी खाडी क्षेत्रमा पर्ने चिनियाँ उत्तरी समुद्रदेखि भियतनामको हालुङ बैइ खाडीसम्मको समुद्री पर्यटन मार्ग हाल चीन र भियतनाम बीचको आर्थिक विकास तथा पयर्टन सहयोगको स्वर्ण मार्ग बनिसकेको छ।

चीनको पश्चिमी भागको विकासका लागि उत्तरी खाडी क्षेत्रीय आर्थिक सहयोगको निकै महत्वपूर्ण अर्थ रहेको कुरा वताउँदै चिनियाँ राज्य परिषद अन्तर्गत पश्चिमी भागको वृहद विकास कार्यालयका उप-प्रमुख छाउ यु शुले भन्नुभयो:
क्वाङ सि च्वाङ जातीय स्वायत्त प्रदेश उत्तरी खाडीसँग जोडिएको छ। त्यो पश्चिमी भागको विकास योजना क्षेत्रभित्र पनि पर्दछ। हाल त्यहाँका बन्दरगाह र यातायातको अवस्था राम्रो हुँदैआएको छ। त्यसैले उत्तरी खाडी आर्थिक क्षेत्रको विकास राम्ररी गरेमा पश्चिमी भागको विकासका लागि त्यसको निकै महत्वपूर्ण अर्थ हुनेछ।
उत्तरी खाडी क्षेत्रीय आर्थिक सहयोग हाल दिनदिनै विकसित हुँदैआएको छ। विश्लेषकका अनुसार, चीन तथा आशियानका सदस्य-मुलुकहरु बीचको व्यापार र लगानीलाई अरु प्रेरित गर्नका लागि उत्तरी खाडी क्षेत्रीय आर्थिक सहयोगका माध्यमबाट समुद्री श्रोत-साधनको संयुक्त विकास र समुद्र तटवर्ती शहरको विकासमा गति थप्नुपर्छ। यसबाट चीन र आशियान क्षेत्रका सबै मुलुकको साझा विजय हुनेछ।
|