
यो मंगलमय त्रिरत्न नामक गीत चिनियाँ मंगोलियाई पुरुन्पायेरद्बारा आफ्नो तीन वर्षको छोरीको जन्मदिवसका दिन गाइएको गीत हो। श्री पुरुन्पायेरले सानैदेखि गीत गाउन मन पराउनुका साथै गीत पनि रचना गर्दै आउनुभएको छ। उहाँले आफुलाई पालनपोषण गराएको घरका साथै घाँस मैदानको गुणागानका लागि प्रयाः गीत रचना गर्ने गर्नुहुन्छ। श्री पुरुन्पायेरको सुमधुर स्वरका कारण उहाँले गीत गाउन धेरै कार्यक्रमहरुमा भाग लिनुका साथै हलुम्पेर नामक चलचित्र वितरण र जानकारी कम्पनीमा आठ वर्षसम्म मंगोलियाई भाषाको अनुवाद र भाषारुपान्तरण सम्बन्धी काम गर्नुभएको थियो।

बाबु
हजुर
सूर्य उदाएपछि चन्द्रमा आफ्नो घरमा फर्केको छ?
ठीक छ
तारा आएपछि सूर्य कहाँ हुन्छ?
आकाशमा हुन्छ
तर मैले सुर्य हेर्नसक्दिन
त्यो पनि घरमा फर्केको हुन्छ
अतः सूर्य, चन्द्रमा र तारा मंगलमय त्रिरत्न हुन।
आमा
हजुर
पात हरियो भएपछि कहिले फूल फुल्ने हुन्छ
ग्रीष्म ऋतुमा फूल फुल्छ
फूल रातो भएपछि फूललाई टिप्नसकिन्छ?
शरद ऋतुलाई पर्ख्नुहोस
माटोमा बिउ रोपेपछि टुसा निस्क्यो की निस्केन?
निस्केपछि सप्रन र बढ्नसक्नु पर्छ ।
फूल,पात र फल मंगलमय त्रिरत्न हुन।
प्रिय
हजुर
सूर्य जस्तो बाबुले आमालाई मन पराउनुहुन्छ
आमा नि?
पात जस्तो आमाले तिमिहरुलाई मन पराउनुहुन्छ
म नि ?
तिमि बिउ जस्तो पलाइरहेको हुन्छ्यौ।
हामि तीन जना मानिसहरु मंगलमय त्रिरत्न हौं।

त्यसपछि श्री पुरुन्पायेरले पैचिङ्गमा आएर हाम्रो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको मंगोलियाई सेवामा काम गर्नुभएको थियो। सन1992 को जुन महिनामा उहाँको छोरी जन्मियो। सबै बाल-बालिकाहरु जस्तै उहाँको छोरीको उज्वल भविष्यको कामना गरेर श्री पुरुन्पायेरले एउटा प्रेरणा प्राप्त गरी उक्त मंगलमय त्रिरत्न नामक गीत बनाउनुभएको हो। उक्त गीत तुरुन्तै सारा चीनमा प्रसिद्ध भएको छ । तर यस कुरालाई श्री पुरुन्पायेरले पहिले अनुमान गर्नुभएको थिएन। तर यसरी प्रसिद्ध भएको कुराले उहाँलाई प्रेरित गरी गीत बनाउने र गाउने कार्यमा थप उर्जा दिएका कारण श्री पुरुन्पायेरले आफ्नो काम छोडेर पेशागत रुपमा गायक बन्नुभएको छ। उहाँको विचारमा आफ्नो गीतहरुमार्फत हरेक मानिसको मन सफा र स्च्छवीचारको हुनेछ ।
|