चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन् छाउले आज बोल्दै चीनले सामान्य सैन्य व्यापारलाई सैन्य तस्कर व्यापारसित सम्बन्ध राख्ने कुराको कडा विरोध गर्ने कुरा बताउनुभयो ।
केही पत्रकारको जिज्ञासा अनुसार हाल इराकमा तैनाथ अमेरिकी सेनाका प्रवक्ताले अमेरिकी सेनाले चीनबाट निर्मित हातहतियार इरान भएर इराकका अमेरिका विरोधी सशस्त्र तत्वहरुलाई तस्कर व्यापारमार्फत बेचिएको कुरा फेला पारेको भन्ने भनाईमा चीनको के कस्तो टिप्पणी छ भन्ने प्रश्नमा , लिउ चेन् छाउले चीन सरकारले सैनिक मालको निर्यातप्रति सधैंजसो विवेकशील र उत्तरदायित्वपूर्ण अडान लिएको छ। त्यस्तो निर्यातले सम्बन्धित क्षेत्र र विश्व शान्तिलाई क्षति पुर्याउनेछैन भन्नु भयो।
चीनले एकनाससित युद्धपछि इराकको पुनर्निर्माण कार्यमा सक्रियताका साथ सहाभागी हुनुका साथै सो क्षेत्रको शान्ति र स्थिरताका लागि अथक प्रयास गरेको कुरामा पनि लिउ चेन् छाउले जोड दिनुभयो ।
|