• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-27 08:51:02    
किसान मजदूरहरुको हितलाई संरक्षण गर्न चीन सरकारले गरेको प्रयास दोस्रो भाग

cri

       चीनको ल्याउ निङ्ग प्रान्तको शङ्ग यान शहरमा न्यायालय, श्रम तथा सामाजिकसंरक्षण ब्यूरो आदि नौवटा संस्थाका प्रतिनिधि सम्मिलित एउटा ग्रामीण मजदूर हितको संरक्षण केन्द्रको स्थापना गरिएको छ। गाउँले मजदूरहरुको हितको संरक्षण गर्नका लागि सकेसम्म छिटो मुद्दाको फैसला गर्ने न्यायालय छ। उक्त न्यायालयका न्यायाधिवक्ता वै स्याउ तुङ्गले भन्नुभयोः

      हाम्रो हित संरक्षण केन्द्रको ढोकाबाट बाहिर निस्कनुअघि गाउँले मजदूरहरुलाई उनिहरुको आम्दानी हात पार्न हामी सकेसम्म प्रयास गर्छौं। चीन सरकारले शहरमा काम गर्ने गाउँले मजदूरहरुलाई ऐन-कानून सम्बन्धी सहायता दिने महत्वपूर्ण लक्ष्य पनि निर्धारण गरेको छ।

        सामाजिक प्रत्याभूतिको स्तर न्यून भएका यी गाउँले मजदूरहरुको संक्षण एउटा महत्वपूर्ण समस्या हो। तर खुशीलाग्दो कुरा के हो भने, हाल गाउँले मजदूरहरुका लागि चिकित्सा बिमा आदि सुरक्षाका कदम दिनप्रति दिन विकास हुदैआएको देखिन्छ। चीनको है लुङ्ग च्याङ्ग प्रान्तको हार्बीन शहरमा काम गर्ने गाउँले मजदूर श्रीमती लि तुङ्ग मैको हातमा केही महिनाअधि काम गर्दा-गर्दै चोट लाग्यो। उनको हातको उपचार गर्नका लागि तीस हजार चिनियाँ युआनभन्दा बढी आवश्यक पर्दथ्यो। उनले भनिनः

 

      घाइते भएपछि अब के गर्ने भन्ने बारेमा मैले सोच्नै सकिन। मसँग पैसा छैन। यदि मसँग दुर्घटना बिमा नभएको भए त्यो तीस हजार चिनियाँ युआन म कदापि जुटाउन सक्दिनथें।

     गाउँले मजदूरहरुको शिक्षाको स्तर न्यून छ र आवश्यक विषेश प्रविधि एवम् सुरक्षा सम्बन्धी चेतना नभएको हुनाले चीनका धेरै स्थानीय सरकारले उनीहरुलाई तालिम दिने कार्यलाई सबल पारेका छन। अब केही गाउँले मजदूरहरु तालिम पाएर आफ्नो कम्पनीको खम्बा बनेका छन।

        सम्बन्धित केही विषेशज्ञहरुले यस्तो ठहर लिनुभएको छः गाउँले मजदूरहरुको हितको संरक्षण गर्ने दिर्घकालीन र प्रभावकारी व्यवस्थाको स्थापना गर्नका लागि हामिले माथि प्रस्तुत गरेका कदमहरुले मात्र पुग्दैन, सरकार र व्यवसायहरुको जिम्मेवारीलाई सबल पार्नुपर्छ।