• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-27 08:51:55    
चीनद्बारा प्रजनन स्वास्थ्य उद्योगको विकास गरिएको सम्बन्धमा दोश्रो भाग

cri

      हाल चीनमा आत्म बौद्धिक सम्पत्ति अधिकारयुक्त र प्रख्यात मार्का र प्रबल प्रतिस्पर्धात्मक शक्तिसहित केही उद्योगहरु देखापरेका छन्। तिनीहरुले परिवार नियोजन, प्रजनन स्वास्थ्य र असल जन्म र असल हुर्काइसम्बन्धी नयाँ प्रविधि र नयाँ उत्पादन बजारमा ल्याएका छन जसबाट कम जन्म दर कायम राख्न र जनसंख्याको गुणस्तरलाई उकास्नका लागि बढीभन्दा बढी महत्वपूर्ण भूमिका निर्वाह गरिंदैजाने छ।

      प्रजनन स्वास्थ्य उद्योगको विकासका हाराहारीमा बच्चा जन्माउने उमेर पुगेका नब्बे प्रतिशतभन्दा बढी चिनियाँ दम्पत्तिहरुले परिवार नियोजन र स्वस्थ प्रजनन सम्बन्धी सेवा पाएका छन। अबउपरान्तका पाँच वर्षमा जिल्ला स्तरीय परिवार नियोजन सेवा केन्द्रको निर्माण र सुधार गर्न, सर्वसाधारणलाई अझ राम्रो परिवार नियोजन र स्वस्थ प्रजनन सेवा उपलव्ध गराउनका लागि चीन सरकारले पाँच अरब चिनियाँ युआनको लगानी गर्ने योजना गरेको छ। यसका साथसाथै, चीनका सम्बन्धित विभागले केन्द्रित रुपमा स्वस्थ प्रजननसम्बन्धी वस्तुहरु किनेर विपन्न क्षेत्रमा निःशुल्क उपलव्ध गराउनेछन।

      थाहा भएअनुसार, विश्व स्वास्थ्य संगठन र राष्ट्र संघीय जनसंख्या कोष आदि संस्थाले संयुक्तरुपमा सार्वजनिक गरेका एक सय तीस खालका आधारभूत स्वस्थ प्रजननसम्बन्धी औषधिको नामावलीमा चीनमा उत्पादन गर्नसकिने औषधिको संख्या एक सय बाइससम्म पुगेको छ। चीन अधिकांश स्वस्थ प्रजननसम्बन्धी उपचार यन्त्रहरुको उत्पादन गर्नसक्छ।

      चीनले उत्पादन गरेका विभिन्न खालका स्वस्थ प्रजननसम्बन्धी उत्पादन खालि आफ्नो देशका जनताको खाँचोलाई टार्न मात्र होइन ती उत्पादन विदेशमा, विशेष गरी विकासोन्मुख मुलुकमा पनि निर्यात गर्नेगरिएको छ। हाल अधिकांश विकासोन्मुख मुलुकहरुमा स्वस्थ प्रजननसम्बन्धी वस्तुको उत्पादन गर्नसक्ने क्षमता छैन। तिनीहरु विदेशबाट निर्यात गर्न वा चीनलगायतका अन्तर्राष्ट्रिय समुदायबाट चन्दास्वरुप प्राप्त गर्नचाहन्छन्।

      जुलाइ एघार तारिखको मेलामा सहभागी चीनस्थित राष्ट्र संघीय जनसंख्या कोषका प्रतिनिधि बर्नार्डले आफ्नो कोषले विकासोन्मुख मुलुकहरुलाई चन्दा दिनका लागि प्रति वर्ष विश्वभरि स्वस्थ प्रजननसम्बन्धी वस्तुको किनमेल गर्नुपर्ने कुरा बताउनुभयो। उहाँका अनुसार, चीन सो कोषलाई माल उपलव्ध गराउने विकासोन्मुख मुलुकहरुमध्येको एक हो। उहाँले भन्नुभयोः

      अन्तर्राष्ट्रिय बजारका लागि राम्रो गुणस्तर र सस्तो मूल्यका स्वस्थ प्रजननसम्बन्धी वस्तु उपलव्ध गराउनका लागि विकासोन्मुख मुलुकहरुको ठूलो निहित शक्ति रहेको छ। भविष्यमा चीनको उत्पादन क्षमता उकासिने ठूलो सम्भावना छ। चीनले उत्पादन गरेका स्वस्थ प्रजननसम्बन्धी वस्तुको गुणस्तर क्रमशः उकासिंदैजान्छ। यसबाट दक्षिण-दक्षिण सहयोगको रणनीतिमा चीनको स्थानलाई अरु उकास्नसकिने छ। विश्वभरिको जनसंख्याको स्वस्थ प्रजननका लागि हामी चीन सरकारसित अनवरतरुपमा घनिष्ट सहयोग गर्ने साझा प्रयास गर्नेछौं।