• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-30 09:01:51    
सम-सामयिक प्रशङ्ग

cri

             यस वर्षको पूर्वार्धमा चीनको बिमा बजार, अझ विशेष गरी विदेशी पूंजीमा सञ्चालित बिमा कम्पनीको स्थीर र तिव्र विकासको गति कायमै छ। पछिल्लो तथ्यांकअनुसार, अहिलेसम्म पैतालिसवटा विदेशी पूंजीका बिमा कम्पनीहरुले चीनमा एक सय तीसवटा कार्यालय स्थापना गरिसकेको प्रशङ्गलाई नै आजको कार्यक्रमको प्रमुख विषय बनाएका छौं। यसका साथै भित्री मंगोलिया जातीय स्वायत्त प्रदेश चीनको उत्तरी भागमा पर्दछ। त्यसको स्थापना सन 1947 को म एक तारिखका दिन भएको थियो। यो नै चीनमा सबैभन्दा पहिले स्थापित अल्पसंख्यक जातीय स्वायत्त प्रदेश हो। अतः यस विषलाई पनि हामीले आजको कार्क्रममा समेट्नै छौं। समय रहेमा चीन सरकारले गत साता पूर्वार्धको समष्टिगत आर्थिक सं‍केताङ्क सार्वजनिक गरेको छ। उक्त तथ्यांकअनुसार, पूर्वार्धमा चीनको राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा गत वर्षको सोही अवधिको तुलनामा 11.5%ले वृद्धि भएको छ भने जून महिनामा चिनियाँहरुको उपभोक्ता मूल्य संकेताङ्क गत वर्षको सोही अवधिको तुलनामा 4.4%ले बढेको विषयलाई पनि प्रस्तुत गर्ने हाम्रो प्रयाश रहनेछ।

               चीनमा विदेशी पूंजीमा सञ्चालित बिमा कम्पनीको तिब्र विकास भई रहेको हारहारीमा ती बिमा कम्पनीहरुको संख्या छ वर्षअघि चीन विश्व ब्यापार संगठनमा सहभागी हुँदाको तुलनामा तीन गुनाले बढेको छ। यसका साथै, चीनका बिमा कम्पनीहरुद्बारा विदेशमा लगानी र विकासको क्रम पनि निकै तिव्र छ। पछिल्ला केही वर्ष यता चीनको बिमा व्यवसायको विकास प्रतिवर्ष सरदर 17%को गतिले एकनाससित हुँदैआएको छ भन्दै राष्ट्रिय अर्थतन्त्रमा यो व्यवसाय सबैभन्दा तिव्र गतिले वृद्धि भैरहेका व्यवसायहरुमध्येको एक बनिसकेको छ

               चीनको बिमा बजार तिव्र गतिले विकसित हुँदैआएको पृष्ठभूमिमा चीनमा रहेका विदेशी पूंजीका बिमा कम्पनीहरुले पनि तिव्र विकासको प्रवृत्ति कायमै राखेका छन। यस वर्षको पूर्वार्धमा बिमा अनुगमन एवम् सञ्चालन समितिले अझ आठवटा बिमा कम्पनीलाई अनुमति दिइसकेको छ। ती आठवटा कम्पनीहरुमध्य तीनवटा विदेशी पूंजीका बिमा कम्पनीहरु हुन। चीनको बिमा बजारमा राष्ट्रिय स्वामित्वमा रहेका शेयर कम्पनी समूह, शेयर प्रणाली कम्पनी, विदेशी पूंजीका बिमा कम्पनी आदि विभिन्न किसिमका स्वामित्वका कम्पनिहरुको समान अस्तित्व र प्रतिस्पर्धा तथा समान विकासको नयाँ परिस्थिति मोटामोटी रुपमा सिर्जना भैसकेको छ।

               यस वर्षको जून महिनाको अन्तसम्म पन्ध्रवटा मुलुक र क्षेत्रका पैचालिसवटा बिमा कम्पनीहरुले चीनमा एक सय अट्ठाइसवटा कार्यालयको स्थापना गरेका छन। यस वर्षको जनवरी महिनादेखि जून महिनासम्म विदेशी पूंजीका बिमा कम्पनीहरुको बिमा रकम सोह्र अरब चिनियाँ युआनभन्दा बढी पुगिसकेको छ जसले बिमा बजारमा 4.38% स्थान ओगटेको छ।

                  प्राप्त जानकारीअनुसार, अहिले पैचिंग, शाङ्हाई, क्वांग तुंग आदि अर्थतन्त्र विकसित भएको क्षेत्रका बिमा बजारहरुमा विदेशी पूंजीका बिमा कम्पनीहरुको हिस्सा 10% पुगिसकेको छ। चीनले बिमा व्यवसायलाई विदेशका लागि अझ खुला पार्ने कार्यलाई अरु प्रबर्द्धन गर्दै वृद्ध बिमा, स्वास्थ्य बिमा, कृषि बिमा आदि क्षेत्रमा सहभागी हुन निर्दिष्ट गर्दै ती विदेशी पूंजीका बिमा कम्पनीहरुलाई चीनको पश्चिमी क्षेत्रमा कार्यालय स्थापना गर्न र बिमाको विकास गर्न प्रेरित गर्दैजानेछ।

               श्री युआन लिले जानकारी दिंदै भन्नुभयोः यस वर्षको पूर्वार्धमा चीनको बिमा बजारमा स्थीरताका साथ विकासको प्रवृत्ति कायमै राखिएको छ। बिमा कम्पनीहरुको कूल रकम र बिमाको रकममा गत वर्षको सोही अवधिको तुलनामा बीस प्रतिशतले वृद्धि भएको छ।  

                  यस वर्षको पूर्वार्धमा चीनको बिमा व्यवसायले सुधारको प्रक्रियालाई अझ गहन पार्दै बिमाको परिधिलाई निरन्तररुपमा विस्तृत पार्दै सेवाको स्तर र खतराबाट मुक्त हुने क्षमतालाई बढाउन प्रयास गर्दैआएको छ। बिमा बजारमा स्थीर र तिव्र विकासको अवस्थालाई कायमै राखिएको छ र पेशाको संरचनामा निरन्तररुपमा वरिष्ठता कायम गर्दै क्षेत्रीय बिमाको विकासमा झन सामन्जस्यता देखापरेको छ र बिमाको अनुगमनको प्रभावकारितालाई झन् सुदृढ पारिएको छ।

                 अहिले चीनको बिमा व्यवसायको कूल सम्पत्ति पच्चिस खरब चिनियाँ युआन पुगिसकेको छ भने चीनभरिको बिमा शुल्कको रकमले हरेक वर्ष कूल राष्ट्रिय गार्हस्थ्य उत्पादनको वृद्धि दरलाई नाघ्नेगरेको छ।

                भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको स्थापना भएको साठीऔं वार्षिकोत्सवका उपलक्ष्यमा गत हप्ता पेइचिंगमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशका एकजना अधिकारीले विगत साठी वर्षदेखि यता भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको आर्थिक तथा सामाजिक विकासले चौतर्फीरुपमा निरन्तरता पाउनुका साथै स्थानीय जनताको जीवन-स्तरमा पनि स्पष्टरुपमा सुधार हुँदैआएको जानकारी दिनुभयो। विगत केही वर्षदेखि यता भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशले आफ्नो इतिहासमा आर्थिक तथा सामाजिक विकास सबैभन्दा द्रुत रहेको नयाँ अवस्थाको सिर्जना गरेको छ।

               सो प्रदेशको स्थापना भएको शुरुको अवधिमा त्यहाँका अधिकांश बासिन्दाहरुका लागि दैनिक जीवनयापनको मुख्य आधार पशुपालन नै थियो। तिनताका भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको आर्थिक तथा सामाजिक विकास निकै पिछडिएको थियो भने स्थानीय जनताको जीवन पनि निकै कठिन थियो।

                त्यति बेलादेखि हालसम्म साठी वर्ष बितिसकेको छ। चीनको केन्द्रीय सरकारको ठूलो समर्थन तथा भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशमा बसोबास गर्ने विभिन्न जातिका जनताको संयुक्त प्रयासमा त्यहाँको विकासले तिब्रता पाएको देखिन्छ। भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको क्षेत्रफल एघार लाख असी हजार वर्गकिलोमिटर छ र यहाँको जनसंख्या दुइ करोड तीस लाखभन्दा बढी छ। भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशमा जन्मेका मंगोलियाली करिकंग हाल बयानब्बे वर्षका हुनुहुन्छ। उहाँले विगत साठी वर्षदेखि यता भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको ठूलो विकासबारे प्रशस्त अनुभव गर्नुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

               "पहिले भित्री मंगोलियाको अर्थतन्त्रमा चिया, कपडा, पानी, नून, चिनी, उँट, गाई, घोडा र बाख्रा मात्र थिए। तर अब हाम्रो प्रदेशको राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा अर्थात जी.डी.पी. दश करोडभन्दा पनि बढी पुगेको छ। कति ठूलो फरक!"

               साठी वर्षअघि भित्री मंगोलियामा चिया, कपडा, नून, चिनी आदि वस्तुहरु मात्र उत्पादन गर्नसक्ने साना कारखाना थिए। तिनताकाको उत्पादन तरिका पनि धेरै पिछडिएको थियो। साठी वर्षअघि भित्री मंगोलियाका पशुपालकहरुले उँट, गाई, घोडा र बाख्रा पालनमार्फत जीवनयापन गर्दथे भने स्थानीय बासिन्दाको जीवन पनि धेरै पिछडिएको थियो। हाल भित्री मंगोलियाले पशुपालन व्यवसायको अझ विकास गर्नुका साथै नयाँ ढाँचाको उद्योग व्यवसायको प्रवर्द्धन पनि गर्दैआएको छ। हाल भित्री मंगोलियामा ऊर्जा, उत्खनन, रासायनिक उद्योग, कृषि तथा पशुजन्य वस्तुको प्रशोधन, उत्पादन व्यवसाय र नयाँ तथा उच्च प्रविधिलगायत छवटा श्रेष्ठतायुक्त व्यवसायहरु उत्पन्न भएका छन।

                 प्राप्त तथ्यांकअनुसार, सन 2006 मा भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन चार खरब उनासी अरब चिनियाँ युआन पुगेको छ जुन सन 1947 को कूल गार्हस्थ्य उत्पादनको एक सय छयानब्बे गुणा बढी हो।

                 यस अवधिमा आर्थिक विकास तिब्र हुनुका साथै भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशकोका विभिन्न सामाजिक कार्यमा पनि ठूलो प्रगति हासिल भएको देखिन्छ। शिशु विद्यालयदेखि विश्वविद्यालयसम्म र सामान्य शिक्षादेखि प्रौढ शिक्षासम्म भित्री मंगोलियामा पूर्ण तथा जातीय विशेषतायुक्त शिक्षा प्रणाली स्थापति भएको छ। यसका अतिरिक्त, मंगोलियाली प्राचीन पुस्तकको शुद्धिकरणमा पनि चीन सरकारले ठूलो महत्व दिएको छ भने हाल उपग्रहमार्फत प्रसारित रेडियो तथा टेलिभिजनको सुविधा सम्पूर्ण प्रदेशमा पुर्‍याइएको छ। मंगोलियाली जातिको साहित्य, कला र सञ्चार तथा प्रकाशन आदि कार्य पनि तिब्रताका साथ विकसित हुँदैआएको छ।

                 आर्थिक तथा सामाजिक विकासबाट भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशका जनता लाभान्वित भएका छन। यसबारे जानकारी दिंदै प्रदेशका अध्यक्ष यांग चिंगले भन्नुभयोः

                "गत वर्ष हाम्रो प्रदेशका शहरीया बासिन्दाको औसत आम्दानी दश हजार चिनियाँ युआन पुगेको छ भने गाउँबासीको औसत आम्दानी तीन हजार तीन सय चिनियाँ युआन पुगेको छ। हाम्रो प्रदेशको सरकारले कठिन अवस्थामा रहेका सर्वसाधारणको वास्तविक कल्याण कार्यलाई निकै ठूलो महत्व दिएको छ। हाल स्थानीय बासिन्दाको खाने पानीको सुरक्षा, ग्रामीण तथा पशुपालन क्षेत्रको वातावरणमा सुधार र गरिब परिवारको रोजगारी आदि समस्याहरुको समाधान प्रभावकारीरुपमा गरिएको छ।"

             यस वर्ष चीनमा बजार भाउ एकनासित बढ्दैगएको देखिन्छ जसबाट चीनको अर्थतन्त्रका सामु मुद्रास्फितिको चाप झन गम्भिर भएको देखिन्छ। पच्चिस तारिखका दिन पैचिंगमा आयोजित एक पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय विकास तथा सुधार समितिका अधिकारीले यस वर्षका उत्तरार्धमा चीनमा बजार भाउ विस्तारै बढ्ने विचार व्यक्त गर्दै यसरी मूल्य वृद्धिको स्तर आगामी केही महिनामा भित्रिने अन्नबालीको अवस्थाबाट निर्धारण हुनेछ

                चीनको राष्ट्रिय विकास तथा सुधार समितिद्बारा हिजो पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त समितिको मूल्य विभागका निर्देशक छाउ छांग छिंगले यस वर्षको उत्तरार्धमा बजार भाउ विस्तारै-विस्तारै बढ्ने सम्भावना भएको कुरा बताउनुभयो। उहाँले भन्नुभयोःअनुमानअनुसार, भाउ बढाउने कारकतत्व र भाउ घटाउने दुइवटा कारण विद्यमान हुने हाम्रो विश्लेषण छ। तर भाउ बढाउने कारकतत्व अलिक बढी छ। तथापि एक किसिमको स्थीर अवस्थामा विस्तारै-विस्तारै भाउ बढ्ने अनुमान हामीले गरेका छौं। उत्तरार्धमा शरदकालीन बालीनालीको उत्पादन परिमाणले मूल्य वृद्धि हुने/नहुने वा कति हुने भन्ने कुराको निर्णय गर्नेछ।

                 चीनको अर्थतन्त्रमा अनावश्यकरुपमा तिव्र वृद्धिको अवस्था देखा पर्न नदिने उद्देश्यसहित पूर्वार्धको आर्थिक संकेताङ्क सार्वजनिक भएपछि चीनको केन्द्रीय बैंकले गत साताको अन्त्यतिर निक्षेप कर घटाउनुका साथै ऋणको ब्याज दरलाई बढाएको छ।

                 उक्त पत्रकार सम्मेलनमा चीनको अर्थतन्त्रमा अनावश्यक तिव्र वृद्धिको अवस्था देखापर्ने सम्भावनाबारे पत्रकारको प्रश्नको जवाफ दिंदै विकास तथा सुधार समितिका अधिकारीले यसबारे चीन सरकारको नीतिबारे प्रष्ट पानुभयो। अर्थात चीनको अर्थतन्त्रमा अनावश्यक तिव्र वृद्धिको अवस्था देखापरेको छैन। चीनको राष्ट्रिय विकास तथा सुधार समिति मातहत बहुमुखी आर्थिक विभागका निर्देशक श कांगले चीनको आर्थिक परिस्थिति सामान्यतः निकै राम्रो छ भन्नुभयो।

                 हाम्रो के विचार छ भने, अहिलेको आर्थिक परिस्थिति अपेक्षाकृत रुपमा राम्रो भएको देखिन्छ। उदाहरणका लागि, गत वर्षको पूर्वार्धमा चीनमा स्थायी सम्पत्तिमा गरिएको लगानी 29.8%ले बढेको छ भने यस वर्षको पूर्वार्धको वृद्धि दरमा केही गिरावट आएको छ अर्थात त्यो दर 25.9%मा कायम रहेको छ। यसका अतिरिक्त, यस वर्षको पूर्वार्धको अवस्था हेरेर भन्ने हो भने, उपभोग्य वस्तुहरुको खुद्रा ब्यापार 15.4%ले बढेको छ भने यो परिमाण विगत केही वर्षपछिको सबैभन्दा उच्च हो। यस अवधिमा क्षेत्रीय अर्थतन्त्रको समन्वयात्मक विकासको प्रवृत्ति पनि राम्रो देखिन्छ।