चीनका अल्पसंख्यक जातिहरुमध्ये व्ही जाति उ सु अर्थात् चिनियां कुंग फू सिक्न मन पराउने जाति हो । प्राचीनकालदेखिनै व्ही जाति केन्द्रित रुपमा बसोबास गर्ने ठाउंमा उ सु सिक्ने रितिरिवाज खूब चल्दै आएको छ। पैचिंगमा पनि उ सु सिक्ने व्ही जातिका धेरै मानिसहरु रहेका छन्।

पैचिंगको दक्षिण भागमा अवस्थित न्यू चे नामक व्ही जातिको समुदायमा यौटा जातिय उ सू संस्था रहेको छ । त्यस संस्थाका धेरै सदस्यहरु उही समुदायका वासिन्दाहरु हुन् । साधारण समयमा उनीहरु आ-आफ्नो कार्य गर्दछन् । कामबाहिरको समय वा छुट्टिको बेला उनीहरु जातिय उ सू संस्थामा भेला भएर हात-खुट्टा चलाएर उफ्रंदै उ सूबारे छलफल गर्दछन् वा उ सू खेल्छन् ।

व्ही जातिले किन उ सू खेल्न मन पराउंछन् ? उक्त जातिय उ सू संस्थाका एकजना सदस्य श्रीमान चांग पिंगले हामीहरुलाई त्यसको कारणबारे वयान गरेका छन् । प्राचीनकालमा व्ही जातिले युद्धका अवसरमा आवश्यक पर्ने युद्धकौशल जस्तै घोडा चढ्ने, तार हान्ने र लठ्ठी तथा बल्लम खेल्न अभ्यास गर्दथ्यो । व्ही जातिले उ सू खेल्ने भनेको आफ्नो आत्मा रक्षाका लागि महत्वपूर्ण माध्यमका रुपमा बनाउँथ्ये । श्री चांग पिंगले भनेः
इतिहासको पाना पल्टाएर हेर्दा त्यस बेलाको परिस्थिति के थियो भने आफु बस्ने क्षेत्रको संरक्षण गर्नका लागि केही मानिसहरुले उ सू खेल्दथे।

आफ्नो बुवाले उ सूको विषयमा कुरा गरेको र खेलेको सधैं सुन्ने अनि देखेका कारण चांग पिंग बालककालदेखि नै आफ्नो बुवाबाट प्रभावित हुँदै आएका हुन् । उनकै शव्दव्दारा भन्ने हो भने सिक्दै नसिकिकन उ सूका केही चाल र ढंग स्वतः जानिसके थिएं । त्यस पछि चांग पिंगले सत्र अठार वर्षको उमेरमा मात्र सांच्चै नै उ सू खेल सिक्न शुरु गरेका थिए । तर त्यसबेला उनी त्यति मेहनत र परिश्रम गर्दैनथे । बीस वर्षको उमेर पछि चांग पिंगले सांच्चै नै उ सू मन पराउन थालेका थिए तसर्थ उनले दत्तचित्त भएर उ सू खेल्न सुरु गरे । पछि पैचिंग शहरमा आयोजित धेरै उ सू प्रतियोगितामा चांग पिंगले उत्कृष्ठ स्थान पाएका थिए । यसैकारण उ सूप्रति उनको रुचि निकै बढ्दै गएको थियो ।
हाल चांग पिंगले आफ्नो यौटा कम्पनीको संचालन गरिरहेका छन्। उनी निकै व्यस्त छन् । तर पनि आफूले मन पराउने खेल उ सू उनले छोडेका छैनन् । उनी सधैं नै कामबाहिरको समयमा उ सू खेल्ने गर्दछन्।
|