
दक्षिण कोरियाली वैदेशिक तथा व्यापारिक मन्त्रालयका प्रवक्ता बाय ह्युङ्ग क्युले आज अफगानिस्तानी तालिबान सशस्त्र संगठनबाट अर्को एक जना दक्षिण कोरियाली पुरुषको हत्या गरेको छ। दक्षिण कोरिया सरकारले तालिबानको उक्त कारवाहीको कडा निन्दा गरेको छ।
श्री बाय ह्युङ्ग क्युलेका अनुसार, दक्षिण कोरिया सरकारले तालिबान सशस्त्र संगठासंग अरु बढी अपराधलाई रोकेर दक्षिण कोरियाली बन्धकलाई रिहाइ गर्न पनि ताकिता गरेको छ। दक्षिण कोरिया सरकारले अन्य बन्धकको सकुशल रिहाइका लागि निरन्तर रुपमा प्रयास गर्ने कुरा जनाएको छ।
अफगानिस्ताननी प्रहरी पक्षले आजै विहान सबेरै गाज्जिन शहरको पश्चिमतिर रहेको एउटा गाउँको मार्गनिजिकै मृत्यक बन्धकको लाश पत्ता लगाएको छ।
प्राप्त अर्को समाचार अनुसार, अफगानिस्तानको तालिबान सशस्त्र संगठनका प्रवक्ताले आज बोल्दै स्थानीय समयअनुसार भोलि बाह्र बजे भन्दाअघि आफ्नो आग्रहलाई स्वीकार नगरेको खण्डमा तालिबानले अरु बन्धकलाई निरन्तर रुपमा मार्ने धम्की दिएका छन।
|