
चीनका राष्ट्राध्यक्ष हु चिन थाऊका विशेष प्रतिनिधि एवम् चीनका उप-प्रधान मन्त्री सुश्री उ यीले आज पैचिङ्गमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशका विशेष प्रतिनिधि एवम् अर्थ मन्त्री हेनरी पाउल्सनसँग चीन-अमेरिका तेस्रो रणनीतिक आर्थिक वार्ताबारे छलफल गर्नुभयो। छलफलमा उहाँहरुले वार्ताको सिद्धान्त, विषय-सूची तथा सम्बन्धित बन्दोबस्तबारे वैचारिक आदान-प्रदान गर्नुभयो।
सुश्री उ यीले आपसी सम्बन्धको विकासलाई अघि बढाउनका लागि तेस्रो वार्तामा समष्टिगत, दीर्घकालीन तथा रणनीतिक आर्थिक विषयबारे मुख्यतया छलफल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। यसका साथै, उहाँले अमेरिकासँगै मिलेर तेस्रो वार्तालाई सफल पार्न कोशिश गर्ने इच्छा चीनले गरेको कुरा पनि प्रष्ट पार्नुभयो।
अमेरिकी अर्थ मन्त्री पाउल्सनले आपसी रणनीतिक आर्थिक वार्तामा भविष्य उन्मुख, अझ रणनीतिक दृष्टिकोण लिइनुका साथै दुइ देशबीच स्थापित अन्य प्रणालीले आपसी आर्थिक तथा व्यापारिक सम्बन्धमा विद्यमान समस्याको राम्रोसँग समाधान गर्नुपर्ने ठहर व्यक्त गर्नुभयो। साथै, उहाँले अमेरिकाले चीनसँगको घनिष्ट छलफललाई कायम राखी तेस्रो वार्ताका लागि राम्रो तयारी गर्ने कुरा बताउनुभयो।
|