
अविरल वर्षाका कारण बंगलादेशको उत्तरी, उत्तर-पूर्वी तथा मध्य भागका लगभग दशवटा जिल्लामा बाढी आएको छ जसका कारण कम्तिमा सोह्रजनाको मृत्यु भएको छ।
बंगलादेशका संचार माध्यमले जनाएअनुसार, हालसम्म दश लाख मानिसहरु बाढीको चपेटामा परेका छन।
बंगलादेशको बाढी चेतावनी केन्द्रले हिजो सार्वजनिक गरेअनुसार, खोला-नालाको पानीको स्तर बढ्दैगएकाले आगामी केही दिनमा लगभग पन्ध्रवटा जिल्लामा अझ गम्भीर बाढी आउने अनुमान गरिएको छ।
हाल बंगलादेशको सेनाले स्थानीय सरकारी निकायसँगै मिलेर उद्धार कार्य गरिरहेका छन।
|