• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 20:13:11    
चीनका परराष्ट्र मन्त्री तथा फिलिपिन्स, सिंगापुर तथा अस्ट्रेलियाका विदेश मन्त्री बीच भेटघाट

cri Author: हिमा

            चीनका परराष्ट्र मन्त्री याङ च छले आज फिलिपिन्सको राजधानी मनिलामा आशियानको चौधौं क्षेत्रीय मञ्चमा सहभागी फिलिपिन्स, सिंगापुर तथा अस्ट्रेलियाका विदेश मन्त्रीसँग छुट्टा-छुट्टै भेट-वार्ता गर्नुभयो।

            फिलिपिन्सका विदेश मन्त्री अल्बर्टो रोमुलोसँगको भेट-वार्तामा परराष्ट्र मन्त्री याङ च छले आपसी सम्बन्धको सकारात्मक मूल्याङ्कन गर्दै चीन, फिलिपिन्स र भियतनामबीच दक्षिणी समुद्रसम्बन्धी सहयोगमा सकारात्मक प्रगति हासिल भएको ठहर व्यक्त गर्नुभयो। फिलिपिन्सका विदेश मन्त्रीले फिलिपिन्सले चीनसँगको सम्बन्धलाई निरन्तर विकास गरी उक्त त्रीपक्षीय सहयोगलाई अघि बढाउने विचार व्यक्त गर्नुभयो।

             सिंगापुरका विदेश मन्त्री जर्ज योङ-बुन एयोसँगको भेटमा श्री याङले यस वर्षको अन्तमा आयोजना हुने शिखर सम्मेलनमा दोस्रो "पूर्वी एशिया सहयोग संयुक्त वक्तव्य"पारित हुने आशा व्यक्त गर्नुभयो। यसबाट पूर्वी एशियाको सहयोगका लागि रणनीतिक निर्देशन हुनसक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। सिंगापुरका विदेश मन्त्रीले आशियानले चीन, जापान तथा दक्षिण कोरियाबीचको चौतर्फी सहयोगलाई अझ सबल पारी पूर्वी एशियाको संयुक्त विकासलाई अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो।

            अस्ट्रेलियाका विदेश मन्त्री एलिक्जान्दर दाउनरसँगको भेट-वार्तामा श्री याङले अस्ट्रेलियासँगसँगै मिलेर आपसी सहयोगात्मक सम्बन्धलाई विकसित पार्ने आशा चीनले गरेको कुरा बताउनुभयो। अस्ट्रेलियाका विदेश मन्त्रीले चीनले यस क्षेत्र लगायतका अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बताउँदै अष्ट्रेलिया चीनसँगको सम्बन्धलाई अरु सुदृढ पार्न इच्छुक रहेको कुरा बताउनुभयो।

            थाइवान समस्याबारे चर्चा गर्दै ती तीनटा मुलुकका विदेश मन्त्रीहरुले आफ्ना सरकार एक चीनको सिद्धान्तमा अडिग रहने कुरा दोहर्‍याउनु भयो।