चीनको प्रतिरक्षा मन्त्रालयले आज एकतीस तारिख साँझ पैचिङ्गमा एउटा समारोहको आयोजना गरी चिनियाँ जन-मुक्ति सेनाको स्थापना भएको असीऔं वार्षिकोत्सव मनाएको छ। त्यस अवसरमा प्रतिरक्षा मन्त्री छाउ काङ्ग ठुआनले बधाइ सन्देश दिंदै विश्वका विभिन्न मुलुकका सेनासित आदान-प्रदान र सहयोग गरी विश्व शान्तिका लागि नयाँ योगदान दिन चिनियाँ जन-मुक्ति सेना इच्छुक भएको कुरा बताउनुभयो।
त्यस अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी र सरकारका नेतागण हु चिन थाउ, ऊ पोङ्ग को, वन च्या पो आदि उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी अगष्ट एक तारिखका दिन छापिनलागेको चीनको सबैभन्दा अधिकारिक समाचारपत्र— जनदैनिक समाचारपत्रले एउटा सम्पदाकीय प्रकाशित गरी चिनियाँ जन-मुक्ति सेनाको स्थापनाको असीऔं वार्षिकोत्सव मनाउनेभएको छ।
|