• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 08:59:29    
चीनमा बसोबास गर्ने सर्वसाधारणहरुमा पैचिंग ओलम्पिक खेलकुदका टिकट बुक गर्ने उच्च लहर

cri Author: रवि

       यसै वर्षको अप्रिल पन्ध्र तारिखदेखि पैचिंग ओलम्पिक खेलकुदका टिकट बुक गर्नसकिने व्यवस्था गरिएको छ। पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिको योजनाअनुसार, यसै वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्म पैचिंग ओलम्पिक खेलकुदका टिकट बिक्री कार्यको पहिलो अवधि हो। यस अवधिमा चीनमा बसोबास गर्ने सर्वसाधारणहरुका लागि पैंचिग ओलम्पिक खेलकुदको उद्घाटन समारोह, विसर्जन समारोह तथा प्रतियोगिताहरुमध्येका आधा टिकट विक्री हुनेछ। पैचिंग ओलम्पिक खेलकुदको टिकट विक्री कार्य शुरुभएपछि चीनमा बसोबास गर्ने सर्वसाधारणहरुमा पैचिंग ओलम्पिक खेलकुदका टिकट बुक गर्ने उच्च लहर देखापरेको छ।

      पैचिंगबासी को चेन अहिले विदेशी पूंजीद्वारा सञ्चालित एउटा कम्पनीमा कार्यरत हुनुहुन्छ। पैचिंग ओलम्पिक खेलकुदको उद्घाटन समारोह हेर्ने उहाँको एउटा ठूलो इच्छा छ। त्यसैकारण पैचिंग ओलम्पिक खेलकुदको टिकट बुंकींग शुरु भइसकेको कुरा सुनेपछि उहाँले तुरुन्तै वेभ-साइटमार्फत पैचिंग ओलम्पिक खेलकुदको टिकट बु‌क गर्नका लागि निवेदन दिनुभयो। उहाँ भन्नुहुन्छः

      म एकजना पैचिंगबासी हुँ। आफ्नै जन्मथलोमा हुनलागेको ओलम्पिक खेलकुदको उद्घाटन समारोह हेर्ने मेरो ठूलो इच्छा छ।

      पैचिंग ओलम्पिक खेलकुदको टिकट बिक्री गर्ने पहिलो अवधिको तरिका टिक६ बुकिंग हो। टिकट बेच्ने नीति "सार्वजनिक रुपमा बुकिंग गर्नु, र चिठ्ठामार्फत टिकट पाउनेहरु निर्धारण गर्नु" हो। यसै वर्षको अप्रिल पन्ध्र तारिखदेखि जून तीस तारिखसम्म चीनमा बसोबास गर्ने चिनियाँ सर्वसाधारणहरु तथा दिर्घकालीन अवधिदेखि चीनमा काम गरेका, पढेका एवम् नियमित बसोबास भएका विदेशीहरुले यस अवधिमा पैचिंग ओलम्पिक खेलकुद संयोजन समिति अन्तर्गत टिकट विक्री वेभ-साइटमार्फत टिकट किन्न निवेदन दिनसक्छन। अथवा उनीहरुले चीनमा भएका जुनसुकै बैंक अफ चाइनामार्फत टिकट बुकिंग गर्ने निवेदन पाउनसक्छन।

      छ सयवटाभन्दा बढी किसिमका टिकटहरुमध्ये पैचिंग ओलम्पिक खेलकुदको उद्घाटन समारोहको टिकट पाउन सबैभन्दा अपठ्यारो छ। किनभने उद्घाटन समारोह पैचिंग ओलम्पिक खेलकुदको "शुरुवात" हुनुका साथै प्रत्येक चार वर्षमा आयोजना हुने एउटा भव्य समारोह हो। श्री को चेनजस्तै कतिपय मानिसहरुलाई सो भव्य समारोहको प्रत्यक्षदर्शी बन्ने रहर छ। वेभ-साइटमा टिकट बुकिंग गर्ने तरिकाले उनीहरुका लागि ठूलो सुविधा उपलव्ध गराएको छ। प्राप्त तथ्यांकअनुसार, पैचिंग ओलम्पिक खेलकुद संयोजन समिति अन्तर्गत टिकट विक्री वेभ-साइट हेरेका मानिसहरुको संख्या बीस करोडभन्दा बढी पुगेको छ।

      मे एक अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको लामो विदाका अवधिमा श्री कोले जस्तै नेटमार्फत टिकट बुकिंग गर्नका लागि दर्खास्त दिनुका अतिरिक्त धेरै सर्वसाधारणहरुले बैंक अफ चाइनाअन्तर्गत विभिन्न शाखामा गएर टिकट बुक गर्ने फारम भरेका छन। बैंक अफ चाइनाअन्तर्गत पैचिंगको शी तान शाखामा आजकाल एकदमै भिडभाड देखिन्छ। त्यहाँका कर्मचारी श्री चाँग शोले जानकारी दिंदै भन्नुभयो- मे एकको सात दिने विदाका क्रममा सरदर प्रत्येक दिन एक हजारभन्दा बढी फारम बाँडिएको छ। यस अवधिमा सम्बन्धित कुरा सोध्नआउने मानिसहरुको संख्या पनि प्रशस्त छ। उहाँले भन्नुभयोः

      "मे एकको विदाका दिनहरुमा हामीकहाँ ओलम्पिक खेलकुदका टिकट बुक गर्न दर्खास्त गर्नआएका ग्राहकहरुको संख्या एकदमै धेरै छ। यसका साथै सम्बन्धित कुराबारे सोधपूछ गर्नका लागि यहाँ आएका मानिसहरु पनि धेरै छन। हालबाट हेर्दा टिकट बेच्ने कार्यमा राम्रो प्रगति हासिल भएको छ। टिकट बुकिङका लागि तंछाडमछाडको स्थिति देखिएको छ"।

      कन्सल्टेन्ट कक्षदेखि करिब पाँच/छ मीटर टाढा उभ्याइएको ओलम्पिक खेलकुदका टिकट बिक्रीसम्बन्धी विस्तृत जानकारी र मूल्यसम्बन्धी निर्दशन पाटी अगाडि धेरै मानिसहरु उभिएर हेरिरहेका छन। तीमध्ये एकजना महिलाले पत्रकारको आखाँलाई तानेको छ। अलि बाहिर निस्केको पेटबाट उनी दुइ जीउकी छन भन्ने कुरा त्यसै थाहा हुन्छ। ल्यू मिन नाम गरेकी ती महिला भन्छिन-

      "सन् 2008 मा पैचिङमा हुने ओलम्पिक खेलकुद हाम्रै घर-आँगनमा हुँदै‍छ। अन्यत्र भएमा यो अवसर पाउन साह्रै गाह्रो हुने कुरा पक्कै हो। त्यसैले ओलम्पिक खेलकुदका बेला आफ्नो सानो बच्चालाई साथै लिएर रंगशालामा प्रतियोगिता हेर्न जाने मेरो सबैभन्दा ठूलो अभिलाषा छ।"