• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 09:03:14    
पश्चिमी चीनको चलचित्र तथा टेलिभिजन क्षेत्रको अवलोकन

cri Author: मेघा

           उत्तर-पश्चिमी चीनको मरु भूमिमा युगौं युगबाट छाडिएका अधिकाँश प्राचीन दरबारहरु अवस्थित छन। तीमध्ये एउटा दरबारलाई "पूर्वी जगतको हलिउद"भनिन्छ जुन पश्चिमी चीनको चलचित्र तथा टेलिभिजन क्षेत्र हो।

           त्यस चलचित्र तथा टेलिभिजन क्षेत्र पश्चिमी चीनको निङ्ग स्या व्है जातीय स्वायत्त प्रदेशको सदर मुकाम यिन छ्वान शहरको उत्तर-पश्चिमी भागमा अवस्थित छ जुन प्राचीन चीनको मिङ्ग तथा छिङ्ग वंशकालमा निर्मित भएको हो। त्यस क्षेत्र दुइवटा दरबारबाट गठित छ। तीमध्ये एउटा दरबारको निर्माण सोह्रौं शताव्दीको मिङ्ग वंशकालमा भएको थियो भने त्यसलाई छोटकरीमा "मिङ्ग दरबार"भनिन्छ। अर्को दरबार सन् 1740 अर्थात् छिङ्ग वंशकालमा निर्मित भएकाले त्यसलाई "छिङ्ग दरबार"भनिन्छ। मिङ्ग दरबारको भौगोलिक स्थिति ज्यादै विशेषतायुक्त भएकाले चिनियाँ तथा विदेशी चलचित्रकारहरुलाई निकै आकर्षित गर्ने गरेको छ। त्यस दरबार वरिपरिका पहाडहरु, पुराना वास्तुहरु र दरबारभित्रका प्राचीन मालसामानहरु सबै नै चलचित्रमा देखाइने विशेषतायुक्त तथा सुन्दर दृश्य बन्नसकिन्छन। यसै कारण विश्वका अधिकाँश चलचित्र तथा टेलिभिजन नाटकहरु त्यहाँबाट उत्पन्न भएका हुन। त्यस चलचित्र तथा टेलिभिजन क्षेत्रलाई "चिनियाँ चलचित्र यहाँबाट विश्वतिर जाने बाटो"पनि भनिएको छ।

             त्यहाँकी निउ शु ह्वै नामकी पथ प्रदर्शक निकै खुलस्त र मिलनसार स्वभावकी एकजना केटी छिन। उनी त्यहाँ काम गरेकी दश वर्ष भइसक्यो। उनको विचारमा त्यस चलचित्र तथा टेलिभिजन क्षेत्र आफ्नी घर जस्तो हुन्छ। उनी भन्छिन:

            पहिले यहाँको आधारभूत प्रबन्ध एकदमै कमी थियो। वरिपरि पानी नहुनुका साथै बाटा पनि विच्छेद गरिन्थे। ज्यादै दुर्गम थियो। वितेका केही वर्षदेखा यता यहाँ खिचिएका चलचित्र तथा टेलिभिजन नाटकको संख्या बढ्दैआएकाले यहाँ पनि समृद्ध हुदैगएको देखिन्छ। हाम्रो यस क्षेत्रमा देखाइने संस्कृति पूराका पूरै उत्तर-पश्चिमी चीनको क्षेत्रीय तथा परम्परागत रीतीरीवाज हुन। विशेषत:वितेका दुइ/तीन वर्षदेखि यता यहाँको पर्यटन व्यवसाय पनि द्रुत गतिले विकसित हुदैगएको देखिन्छ।

            सन् 1981मा चीनका प्रसिद्ध लेखक चाङ्ग स्येन ल्याङ्गले आफ्नो ग्रन्थमा पहिलो पटक त्यहाँका प्राचीन दरबारहरुको ब्याख्या गर्नुभएको थियो। त्यसपछि चीनका निर्देशक चाङ्ग च्युन चाउले पनि पहिलो पल्ट त्यहाँ आफ्नो चलचित्रलाई खिच्नुभयो। अनि चीन तथा विश्वका नामी निर्देशक अर्थात् हाल "क्रस अफ द गोल्डेन फ्लावर"नामक निकै लोकप्रिय भएको चिनियाँ चलचित्रका निर्देशक चाङ्ग यी मौले पनि आफ्नो नजरलाई त्यस क्षेत्रमा पुर्‍याउन थाल्नुभयो। सन् 1988 मा उहाँले त्यहाँ "रातो सोर्गम"नामक चलचित्र त्यहाँ खिच्नुभएको थियो। त्यस चलचित्रले जर्मनीमा आयोजित "बर्लिन चलचित्र महोत्सव"मा पुरस्कार प्राप्त गरेको थियो। वितेका केही वर्षदेखि यता झन् झन् बढी चलचित्र तथा टेलिभिजन नाटक त्यहाँबाट सिर्जित भएकाले चिनियाँ चलचित्र तथा टेलिभिजन नाटक हेर्ने दर्शकहरुको संख्या दिनप्रति बढ्दैगएको छ। यस बाहेक, चलचित्र वा टेलिभिजन नाटकमार्फत पश्चिमी चीनको अवलोकन गर्न त्यहाँ पुगेका पर्यटकहरुको संख्या पनि वर्षैपिच्छे बढ्दैगएको देखिन्छ।

           त्यस चलचित्र तथा टेलिभिजन क्षेत्रमा सही गर्ने एउटा ठूलो पर्खाल छ। स्थानीय पद प्रदर्शक सुश्री निउ शु ह्वैले त्यसबारे जानकारी दिंदैभन्छिन:

            यस पर्खालमा पर्यटकहरु हाम्रा थुप्रै कलाकारहरुद्बारा सही गरिएका आ-आफ्ना विशेषतायुक्त नाम देख्नपाउँछन। हेरौं! यो नाम हाम्रो देशका नामी निर्देशक चाङ्ग यी मौले सही गर्नुभएको हो। उहाँको सही ज्यादै अनौठो लाग्छ। यस पर्खालमा निर्देशकहरुका सही बाहेक अधिकाँश प्रसिद्ध अभिनेता-अभिनेत्रीहरुको सही पनि लेखिएका छन।