• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-12-18 19:47:19    
काठमाडौँमा प्रदर्शन भइरहेको चीनको तिब्बती फोटो प्रदर्शनले धेरै दर्शकलाई आकषित गरको छ

cri

      गत नौ तारिख आइतबारदेखि नेपाल पर्यटन बोर्डको प्रा गणमा सुरु भएको चीनको तिब्बत फोटो प्रदर्शनी भोलि सम्पन्न हुँदैछ । नेपाल र चीनको तिब्बतबीचको साझा संस्कृति बोकेको यो प्रदर्शनीमा एक सय तीसवटा तिब्बती तस्वीरहरु सजाइएका छन् ।

      नेपाली तथा विदेशी दर्शकहरुले फोटो प्रदर्शनीको मुक्त कण्ठले प्रशंसा गरेका छन् । स्कुल तथा क्याम्पसका विद्यार्थीहरु पनि फोटो प्रदर्शनी हेर्न झुम्मिरहेका देखिन्छन् । फोटो प्रदर्शनी हेर्न आएका ललितपुरका त्रिलोचन मानन्धरले फोटो प्रदर्शनीबाट आफू तिब्बत पुगेको महसुस गरेको अनुभव सि.आर.आई.लाई बताउनुभयो । त्यसैगरी फोटो प्रदर्शनी नियाली रहेकी हल्याण्डकी आन्नेले फोटो प्रदर्शनीले शान्तिको सन्देश छरेको महसुस गरेको प्रतिक्रिया दिनुभयो ।

      तिब्बतको सुन्दर प्राकृतिक बनावट, ऐतिहासिक स्थलहरु, सांस्कृति धरोहर तथा तिब्बती जातिको आकर्षक जीवनशैलीलाई फोटोग्राफरहरुले कलात्मक तरिकाले फोटो खिचेर प्रदर्शनमा राखेका छन्। तिब्बती जातिको रहनसहन, बौद्धगुम्बाहरु तथा धार्मिक धरोहरलाई जिबन्त रुपमा तस्बिरमा उतारिएको छ । सन् 1960 पछिको तिब्बतको बदलिएको रुपलाई पनि फोटोग्राफरहरुले तुलनात्मक रुपमा उजागर गरेका छन् । तिब्बतका नामी फोटो ग्राफरहरुले पचास वर्ष अगाडिको तिब्बतको सहर ल्हासाको फोटो र ल्हासाको वर्तमान अवस्थाको फोटोलाई एकै स्थानमा राखेर तिब्बतले विकासमा मारेको फड्कोलाई प्रस्तुत गरेका छन् ।

      शान्ति र विकासको सन्देश छर्ने चीनको तिब्बती फोटो प्रदर्शनीले राजनीतिक स्थायित्व र शान्ति भयो भने विकास सजिलै गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। तिब्बतमा रेलसेवाको विस्तार भएर विश्वलाई आश्चर्य चकित बनाएको सन्दर्भ उल्लेख गर्दै तिब्बती फोटो प्रदर्शनले नेपालको हिमाली भागको संस्कृति र तिब्बती संस्कृतिमा साझापन रहेको नेपाल र चीनबीचको जनमैत्री सम्बन्ध हजारौँवर्षदेखि कायम रहेको पनि थप प्रष्ट पारेको छ ।  

      चेतनाथ आचार्य

      सि.आर.आई.

      काठमाडौँ