 एउटा सफल प्रतियोगिता सुरक्षाको संरक्षण कार्यसँग घनिष्ठ सम्बन्धित हुन्छ। पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण कार्य मानिसहरुले व्यापकरुपमा ध्यानाकर्षण गरेको विषय हो। पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण कार्यको समन्वयात्मक टोलीका जिम्मेवार व्यक्तिले हालै पैचिङमा पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण कार्यबारे जाकारी दिनुभएको छ। आजको पैचिङ ओलम्पिक कार्यक्रममा यससम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोसः
हाम्रा सम्वाददातासँग कुराकानी गर्दै पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण केन्द्रका उप-निर्देशक लिउ शाउ वुले पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षणको तयारी कार्यमा ठूलो उपलव्धि हासिल भएको जानकारी दिनुभयो।

ओलम्पिक खेलकुदका सुरक्षा संरक्षण कार्यहरुमध्ये रंगशालाहरुको सुरक्षा सबैभन्दा महत्वपूर्ण कार्य हो। उप-निर्देशक लिउ शाउ वुले सुरक्षा संरक्षण केन्द्रले ओलम्पिक खेलकुदको सुरक्षा संरक्षणसम्बन्धी प्राविधिक प्रबन्धको निर्माण र रंगशालाको निर्माणलाई एकै समयमा गरेको कुरा वताउनुभयो। यसका साथै, सुरक्षा संरक्षण केन्द्रले सबै रंगशालाहरुतर्फ सुरक्षा संरक्षणसम्बन्धी जिम्मेवार व्यक्ति पठाएको छ। हाल निर्माण भइसकेका रंगशालाहरुमध्ये सुरक्षा संरक्षणसम्बन्धी उन्नत प्रबन्धहरु रहेका छन भने विभिन्न रंगशालाको सुरक्षा संरक्षणसम्बन्धी जिम्मेवार व्यक्तिले आफ्नो काम थाल्नुभएको छ।
ओलम्पिक खेलकुदका रंगशालाहरुको निर्माण क्रमश: पूरा भएको शिलशिलामा पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण कार्य पहिलेको परिकल्पना तथा निर्माणको अवधिदेखि पूर्वाभ्यासको अवधिसम्म अघि बढ्दैछ।

श्री लिउ शाउ वुका अनुसार, ओलम्पिक खेलकुद प्रतियोगिताको आयोजना हुने बेलामा वास्तविक मागअनुसार पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण केन्द्रले हाल ठोस कार्य योजनाको तर्जुमा गरेको छ। अहिलेसम्म त्यसले पैचिङ ओलम्पिक खेलकुदको परिक्षण प्रतियोगिताका बीसवटा कार्य सफलताका साथ पूरा गरिसकेको छ। यसबारे चर्चा गर्दै उहाँ भन्नुहुन्छ,
हामीले पैचिङ ओलम्पिक खेलकुदको वास्तविक मागअनुसार रंगशालाको सुरक्षा, यातायात, दमकलको व्यवस्थापन,ठूलो पैमानाको गतिविधिमा आतंककारी गतिविधिको प्रतिरोध, प्रहरी परिचालनलगायतका बाउन्नवटा कार्यको योजना तर्जुमा गरेका छौं भने पाँच सयवटाभन्दा बढी ठोस कार्यको प्रस्ताव लागू गरेका छौं। आयोजना भइसकेका बीसवटा परिक्षण प्रतियोगितामा धेरैजसो योजना तथा प्रस्ताव लागू भइसकेका छन। हामीले परिक्षण प्रतियोगितामार्फत तर्जुमा गरिसकिएको प्रस्तावमा देखापरेका केही समस्या पत्तो लगाएर समयमै तीनको समाधानको उपाय अपनाएका छौं।
|