
चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ऊ पाङ्ग कोले आज पैचिङ्गमा बोल्दै चीनको विशेषतायुक्त समाजावदी कानूनी प्रणाली मोटामोटी रुपमा स्थापित भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, राष्ट्रिय अर्थतन्त्र, राजनीति, संस्कृति र सामाजिक जीवनका सम्बन्धित कानून पनि सम्पन्न भएका छन।

श्री ऊ पाङ्ग कोका अनुसार, वितेका पाँच वर्षदेखि यता राष्ट्रिय जन काँग्रेसले जम्मा एक सय थान कानूनी प्रस्तावको लेखाजोखा गरी ती प्रस्तावलाई पारित गरेको छ।
यस वर्ष राष्ट्रिय जन काँग्रेसले निरन्तर रुपमा आर्थिक तथा राजनैतिक क्षेत्रमा रहेको विधायकलाई पूर्णता दिलाउनुका साथै कानूनको गुणस्तरलाई पनि माथि उकास्दैजाने कुरा श्री ऊ पाङ्ग कोले औंल्याउनुभयो।
श्री ऊ पाङ्ग कोले आजै पेश गर्नुभएको कार्य प्रतिवेदनमा वितेका पाँच वर्षभित्र राष्ट्रिय जन काँग्रेसले अनुगमन कार्यलाई कसरी मजबुत पारेको र वैदेशिक आवत-जावतलाई कसरी घच्घच्याएको भन्ने अवस्थाबारे पनि जानकारी दिनुभएको छ।
|