चीनको राज्य परिषद अन्तर्गत सूचना कार्यालयव्दारा गठन गराइएको स्वदेशी र विदेशी पत्रकारहरुबाट गठित पत्रकार मण्डलले " मार्च चौध "मा तिब्बतमा उत्पन्न भएको घटनाबारे समाचार संकलन गर्न आजै अर्थात् छबीस तारिख बिहान चीनको तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासातिर प्रस्थान गरेको छ।

उक्त समाचार संकलन समुह चीनका स्वदेशी र चीनबाहिरका विदेशी पत्रकारहरु समेत गरी उन्नाईस वटा सञ्चार माध्यहरुबाट गठित भएको हो।
उक्त समुहमा अमेरिकी एसोसिएटेड प्रेस, अमेरिकी द वालस्ट्रिट जर्नल, यु एस ए टुडे, बेलायतको फिनान्सल टाइम्स, रुसको इतार तास, जापानको क्युडो न्यूज, कतार टेलिभिजन, चीनका हंङ्ग कङ्गका फिनिक्स टी भी, टी भी बी र चीनको थाइ वानको इष्टर्न मल्टीमीडिङ्ग ग्रुप र चीनभित्रका सञ्चार माध्यहरु " चीनको दैनिक अखवार" र " पैचिङ्ग रिभ्यू"का दुई जना पत्रकारहरु समावेश छन्।
उनीहरु तीन दिनसम्म तिब्बतमा रहेर समाचार संकलन गर्ने कार्यक्रम रहेको छ।
|