
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले आज पैचिंगमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदै दलाईले जुनसुकै हैसियतमा अरु मुलुकमा गएर चीनलाई टुक्य्राउने गतिविधि गर्ने कुराको चीन सरकार दृढताका साथ विरोध गर्दछ, साथै कुनै पनि मुलुकले दलाईसित कुनै पनि तरिकाको आधिकारिक सम्पर्क गर्ने कुराको पनि दृढताका साथ विरोध गर्दछ भन्नुभयो।
ल्हासा घटना दलाई गूटले मन लगाएर रचेको र जानाजानी उक्साएको पृथकतावादी हिंसात्मक कर्तुत हो भन्दै प्रवक्ता छिंगले ल्हासा घटनाबाट दलाई कदापि पनि शुद्ध धार्मिक होइन, बरु उ लामो समयसम्म धार्मिक मुकुण्डो भिरेर शान्तिको नाउँमा चीनलाई टुक्य्राउन, राष्ट्रिय एकतालाई भताभुंग पार्न र सामाजिक स्थायित्वलाई बिथोल्नखोज्ने राजनीतिक निर्वासित मानिस रहेको कुरा प्रमाणित भएको कुरा बताउनुभयो।
|