• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2008-12-08 19:31:33    
नेपाली श्रोताहरुद्बारा स्वर्गीय अध्यक्ष माओ त्से तुङ्ग सम्झिरहेको लेख

cri

         सी. आर. आई. श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालको साँस्कृतिक विभागका प्रमुख श्रोता मान बहादुर खत्री.ले हामीलाई पटाउनुभएको पत्रमा स्वर्गीय अध्यक्ष माओ त्से तुङ्गको विषय लिएर भन्नुभयो--

         1893 को डिसेम्वर 26 तारीखमा यस धर्तीमा पहिलो पाइला टेक्नुभएका विश्व सर्वहरा क्रान्तिका महान नेता माओ च तोङको आउदो डिसेम्वरको 26 तारीखमा 123 औं स्मृति दिवस मनाइदै छ । यस पुण्यतिथि अवसरमा म मित्रराष्ट्र चीन, चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनतामा सी. आर. आई. श्रोता मञ्च, दाङ, सी. आर. आई. श्रोता क्लवहरुको राष्टिय परिषद्, नेपाल, नेपाली जनता तथा सम्पुर्ण नेपाली श्रोताहरुको तर्फबाट हार्दिक मंगलमय शुभकामना टक्र्याउँछु । चिनियाँ तथा विश्व कम्युनिष्ट आन्दोलनका अग्रनेता क. माओले आफ्नो सम्पुर्ण जीवन चिनियाँ जनतालाई स्वतन्त्रता दिलाउन र मातुभूमि चीनमा प्रजातन्त्र ल्याउनको लागि अर्पिनु भयो । उहाँले परम्परागत रुपमा चल्दै आएको निरङकुश राजतन्त्रलाई जरादेखि नै उखेलिदिनु भयो । उहाँले सन् 1949 अक्टोवर 1 तारीखमा

           मातृभूमी चीनमा पूर्ण प्रजातन्त्रको स्थापना गर्न तथा चिनियाँ जनतालाई तानाशाही शासकहरुबाट मुक्त गराउनको लागि अमूल्य योगदान पुर्याउनु भएको थियो । क. माओले सर्वहाराहरुको नेतृत्वमा, विशाल गरीव र मध्यम वर्गका किसानहरुको तागतको आधारमा, सवैजसो प्रजातान्त्रिक र देशभक्त शक्तिहरुको सोचद्धारा चीनमा जनक्रान्ति गर्नुभएको थियो । उहाँले नै चिनियाँ समाजका वर्गीय अन्तर विरोधहरुलाई नयाँ जनक्रान्तितिर मोड्ने, त्यसको सहि रणनीति, कार्यनीति र रणकौशल प्रदान गर्ने कार्य गर्नुभएको थियो । क. माओले नै आफ्नो कुशलताद्धारा नयाँ जनक्रान्तिको सफल कार्यान्वयनको क्रममा विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पटक बेजोडको नयाँ सोच प्रस्तुत गर्नुभएको थियो । जुनसुकै मुलुकमा पनि हेपिएका लाखौं लाख किसानहरुले पनि एेतिहासिक रुपमा क्रान्तिकारी भूमिका खेल्न सक्दछन् भन्ने कुरालाई क. माओले चरितार्थ गरेर देखाउनु भयो । उहाँले मार्क्र्सवाद जस्तो सर्वाधिक सर्वमान्य विज्ञानको सारतत्वलाई जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि श्रृजनात्मक ढंगले लागु गर्ने हो भने, सवै शोषित पिडितवर्ग, समुदाय, जातजाति, भाषाभाषी र लिंगको मुक्तिका लागि क्रान्ति सफल पार्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाउनु भयो । विश्व राजनीतिको विविध क्षेत्रमा महत्वपुर्ण योगदान प्रदान गर्नुहुने विश्व सर्वहरा वर्गका महान योद्धा तथा मुक्तिदाता क. माओको स्मृति दिवसको अवसरमा संझना स्वरुप दुई शब्दहरु अर्पण गर्दछु ।