क्यानडा प्रतिनिधि सभाका सभामुख पिटर मिलिकेनले हिजो क्यानडाको भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको तिब्बती प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो।

प्रतिनिधिमण्डलले तिब्बतसम्बन्धी सबैभन्दा पछिल्लो सूचना देखाएको कुरा वताउँदै श्री मिलिकेनले पचास वर्षदेखि यता तिब्बतले हासिल गरेको उपलब्धिको उच्च मूल्याङ्कन गर्नुभयो।

प्रतिनिधमण्डलका प्रमुख एवम् चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका प्रतिनिधि र तिब्बत स्वायत प्रेदश जन कांग्रेस स्थायी समितिका उप-प्रमुख शिंगजा टेन्जिन चोट्राकले श्री मिलिकेनले क्यानडा र चीनबीचको मैत्रीपूर्ण सम्बन्धका लागि गरेको योगदानको सराहना गर्नुभयो। साथै उहाँले चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको तिब्बती प्रतिनिधिमण्डलले क्यानडाको भ्रमण गरेको यो पहिलो पटक हो र यस भ्रमणले क्यानडाका तिब्बतप्रति ध्यान दिएका विभिन्न क्षेत्रका व्यक्तिले साँचो तिब्बत चिन्नका लागि सहयोग दिने आशा आफूले लिएको कुरा बताउनुभयो।
हिजो बिहान क्यानडाका सहायक उप-विदेशमन्त्रीले पनि प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। सो अवसरमा उहाँले क्यानडा सरकारले जन गणतन्त्र चीन सरकारलाई चीनको एक मात्र वैधानिक सरकारको रुपमा स्वीकार गरिरहेको कुरा व्यक्त गर्नुभयो।
हिजो राति प्रतिनिधमण्लले क्यानडा संसदका केही सांसदसँग पनि वार्ता गरेको थियो।
|