• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2009-06-18 19:26:26    
हाम्रा नियमित श्रोता राजेन्द्र पहाडीबाट आएको पत्र दोस्रो भाग

cri

आदरणीय नेपाली विभागका प्रमुख वर्षा ज्यू,

तथा अन्य मित्रजनहरु,

नमस्कार ।

          वास्तवमा हामी सबै मिलेर नयाँ वर्षलाई स्वागत गरौं' भन्ने निर्देशकको भनाईले आम श्रोताहरुलाई हर्षले पुलकित बनाएको छ भने रेडियोसँगको सामिप्यतालाई अझगाढा बनाएको छ । म यसै पत्र माफत लाखौंलाख नेपाली श्रोताबाट निर्देशक न्यानप्रति हार्दिक आभार तथा धन्यवाद अर्पण गर्न चाहान्छु ।त्यसपछिका पानाहरुमा  श्रोता क्लबहरुको राष्ट्रिय परिषद सम्बद्ध पदाधिकारीहरुका शुभकामना सन्देशहरुलाई क्रमबद्ध र आकर्षक ढंगले समायोजन गरिएको छ । यसका साथै नेपालको विभिन्न स्थानमा रहनुभएका श्रोताहरु र नेपाल बाहिर समेत  रहनु भएका श्रोताहरुका शुभकामनाले भरिएका पत्रहरुलाई समेटिएको रहेछ ।

           पत्रिकाको अन्तिम भित्री पृष्ठमा मानेभन्ज्याङ, संखुवासभाका श्रोतामित्र दुर्गाबहादुर बिष्टको चीनको राष्ट्रिय झण्डा शिर्षक ज्ञानविज्ञान प्रतियोगिताको उत्तरपत्रलाई समावेश गरिएको छ । यसरी यसपटकको मितेरी-पुल श्रोताहरुबाट प्रेषत नयाँ वर्ष 2008 को शुभकामनामय भएको देखिन्छ । साजसज्जाको हिसावले निकै उत्कृष्ठ रहेको यो साच्चिकै स्तरीय छ भन्नुमा अतिशयोक्ति हुँदैन । तथापि अझ थप केही कुराहरु भएको भए पत्रिकालाई फुलमा सुगन्ध' हुनेथियो भन्ने मलाई लाग्यो । केही प्रमुख कुराहरु बुँदागत रुपमा यहाँ प्रस्तुत गरेको छु ।

           नयाँ वर्ष 2008 को शुभकामना सन्देश नेपाली विभागको तफबाट पनि विभागीय प्रमुख वर्षाज्यूले दिनुभएको भए पत्रिकाको ओझ, गरिमा र उपादेयता अझै माथि हुनेथियो की । हुनत निर्देशकज्यूको सन्देश सबै सहपाठीहरुकोतफबाट दिइएकाले नेपाली विभागको प्रमुखको सन्देश आवश्यक पर्ने त होइन, तैपनि नेपाली भाषामा प्रकाशन गरिने पत्रिकामा नेपाली विभागका प्रमुखको शुभकामना समावेश गर्न पाएको भए थप प्रभावकारी हुन्थ्यो की भन्ने भावना हो ।

           अझ नेपाली विभागमा कार्यरत सबैजना पदाधिकारीहरुको हस्ताक्षर सहितको शुभकामना सन्देश आवरण पृष्ठमा नै राख्न पाएकोभए पनि जाती नै हुन्थ्यो होला, नभएपनि यो पटकलाई भित्री पृष्ठमै भएपनि अवश्य राख्नुपर्ने थियो ।

           नयाँ वर्षको शुभकामना सन्देश समावेश भएको पत्रिका श्रोताहरुको हातमा यतिखेर (मार्च 20 वरिपरी) मात्र परेको छ । यदि पत्रिकालाई जनवरी महिनाको पहिलो वा दोस्रो साता नै छापेर श्रोताको हातमा पुर्याउन सकेको भए यसको सान्दर्भिकता एवं प्रभावकारिता थप उचाईमा पुग्ने थियो की ।

             पत्रिकाको कूल 16 पेज मध्ये कम्तीमा 2 पेज आगामी ओलम्पीक सम्बन्धी सामग्री समावेश गर्न पाएको भए श्रोताहरुको ध्यान ओलम्पीक खेलले आकर्षित गरिरहन मद्दत पुग्दथ्यो की ।