फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ शैक्षिक प्रर्दशनी 2014 नेपालमा

(GMT+08:00) 2014-11-20 18:43:59

          सोही कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत ऊ छुन्थाइले नेपाल र चीनका जनताको मैत्रपूर्ण र ऐतिहासिक सम्बन्ध रहेको र, दुवै देशको शैक्षिक आदानप्रदान अत्यन्त प्रभावकारी भएको बताउनुभयो। उहाँले भन्नुभयो–"हाल चीनका विभिन्न विश्वविद्यालयमा करिब 3 हजार नेपाली विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने नेपालमा पनि अहिले एउटा कन्फिसियस अध्ययन संस्था र 6 कन्फिसियस कक्षा सञ्चालनमा रहेका छन् ।"

          कार्यक्रममा मेला आयोजक समिति प्रतिनिधि मण्डलका टोली नेता चाङ वे ले पैचिङ शैक्षिक प्रर्दशनीले नेपालको शिक्षा क्षेत्र र पैचिङको शैक्षिक क्षेत्रका बारेमा जानकारी लिन र यसले पैचिङ र काठमाण्डौको शैक्षिक सहयोग र आदानप्रदानको लागि भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले 2013 मा पैचिङका विभिन्न विश्वविद्यालय, माध्यमिक र प्राथामिक विद्यलयमा 199 नेपाली विद्यार्थी अध्ययनरत रहेको समेत बताउनुभयो।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ