फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ शैक्षिक प्रर्दशनी 2014 नेपालमा

(GMT+08:00) 2014-11-20 18:43:59

          चीन नेपाल साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा.हरिश्चन्द्र शाहले यस्ता प्रदर्शनीहरुले चीनका विश्वविद्यालयहरुको बारेमा नेपाली विद्यार्थीहरुले अझ राम्ररी बुझ्न सक्ने बताउनुभयो। चीनमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि यस्तो शैक्षिक प्रदर्शनले झनै फाइदा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

          नेपाल र चीनका जनताबीच एक आपसको शैक्षिक विकासलाई आदानप्रदान गर्नका लागि पैचिङ शैक्षिक प्रदर्शनी आयोजना भएको हो । चीनमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरु र तीनका अभिभावकहरुलाई लक्षित गरि सो शैक्षिक प्रदर्शनी हुने भएको हो। सो शैक्षिक प्रदर्शनीको मुख्य आयोजक पैचिंग महानगरपालिका शिक्षा आयोग र पैचिंग अन्तराष्ट्रिय शिक्षा आदान प्रदान केन्द्र रहेका छन्। त्यसैगरी प्रदर्शनीको सहआयोजकको रुपमा नेपाल स्थित चिनियाँ राजदुतावास र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद् रहेका छन्।


1 2 3
जानकारी तथा लेखहरु
सुझाउ