फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँस्थित चिनियाँ राजदूताबासद्वारा आयोजित बसन्त चाडको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भन्डारी सहभागी

(GMT+08:00) 2017-01-22 18:31:12

राजदूत युले सम्बोधन गर्दै गत वर्षमा चीन सरकारले तेह्रौँ पञ्च वर्षीय योजनाको कार्यान्वयन गर्दै विश्वको अर्थतन्त्र मन्द भएको पृष्ठभूमिमा चीनको आर्थिक बृद्धि 6.7 प्रतिशत भएको जानकारी दिनुभएको छ। एक पेटी एक मार्ग प्रस्तावलाई अघि बढाउँदै चीनले विश्वका एक सय वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनबाट सो प्रस्तावको व्यापक समर्थन तथा सहभागिता पाएको पनि राजदूत युले बताउनुभएको छ।

आगामी वर्षमा चीनले नेपालसँगै मिलेर आपसी राजनीतिक विश्वासको प्रवर्द्धन पार्दै विभिन्न क्षेत्रमा हुने आदानप्रदान तथा सहयोगलाई गहन पार्ने इच्छा लिएको पनि राजदूत युले व्यक्त गर्नु भएको छ। यस्ता कार्यले दुई देश तथा दुई देशका जनतालाई अझ धेरै फाइदा हुने र चीन-नेपाल सम्बन्धको नयाँ आयाम थप्न सकिने पनि उहाँले औँल्याउनुभयो।

1 2 3 4
जानकारी तथा लेखहरु