फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको शिक्षा मन्त्रालयका कर्मचारीहरुका लागि चिनियाँ भाषाको कक्षा

(GMT+08:00) 2017-02-13 16:29:00

भाषा कक्षाका विद्यार्थी प्रतिनिधि तथा शिक्षा मन्त्रालयका शाखा अधिकृत देवीप्रसाद उपाध्यायले व्यक्ति व्यक्तिको सम्पर्क माध्यम भाषा नै भएकोले चीन र चिनियाँ जनतालार्इ बुझ्नु अघि चिनियाँ भाषाको ज्ञान लिनुपर्नेमा जोड दिनुभयो। साथै उपाध्यायले शिक्षा मन्त्रालयका कर्मचारीहरुका लागि सुभारम्भ गरिएको चिनियाँ भाषाको अध्ययनले उनीहरुलार्इ चीनको इतिहास, भूगोल, विकास निर्माण र संस्कृतिबारे बुझ्नन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

कम्फ्युसियस इष्टिच्युटका चिनियाँ निर्देशक डा.वाङ सङ्ग लि ले शिक्षा मन्त्रालयका कर्मचारीहरुका लागि आरम्भ गरिएको चिनियाँ भाषा कक्षा अत्यन्त महत्वपूर्ण रहेको भन्दै कन्फ्युसियस इन्स्टिच्युटले यस अघि नेपाली सेना, परराष्ट्र मन्त्रालयका अधिकारीहरु लगायतलार्इ समेत भाषा कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो। कम्फ्युसियस इष्टिच्युट स्थापनाको सञ्चालनको 10 वर्षको अवधिमा लगभग 25 हजार नेपालीहरुले चिनियाँ भाषा अध्ययन गरेको बताउनुभयो। साथै निर्देशक वाङले यस पटकको भाषा कक्षामा चिनियाँ भाषाका अतिरिक्त चिनियाँ संस्कृति, चिनियाँ खेल लगायतका विविध गतिविधिबारे समेत जानकारी दिइने बताउनुभयो। शिक्षा मन्त्रालयका 25 जना कर्मचारीहरुका लागि सञ्चालन गरिने भाषा कक्षाको कुल अवधि 80 घण्टाको हुनेछ। भाषा कक्षामा उत्कृष्ट हासिल गर्ने केही विद्यार्थीहरुलार्इ नि:शुल्क रुपमा चीनको भ्रमण गर्ने अवसर समेत दिइने कन्फ्युसियस इन्स्टिच्युटले बताएको छ।


1 2 3
जानकारी तथा लेखहरु