चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ३० तारिख संयुक्त राष्ट्र संघको जैविक वस्तुको विविधता सम्बन्धी शिखर सम्मेलनमा भिडियोमार्फत महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।
आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले चार बुँदे चिनियाँ प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँले पर्यावरणको समृद्धिपछि मात्र सभ्यता समृद्ध हुनसक्ने कुरामा जोड दिनुभएको छ। मानव र प्रकृतिबीच मेलमिलापसँग व्यवहार गर्ने उपायको सर्वेक्षण गर्नुका साथै आर्थिक विकास र पर्यावरणीय संरक्षणको समन्वयात्मक एकीकरणलाई प्रवर्द्धन गरी सँगै मिलेर एउटा समृद्ध, सफा र सुमधुर विश्वको निर्माण गर्नुपर्ने कुरा पनि उहाँले औँल्याउनुभएको छ।

1 2 3