फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुई वटा अधिवेशनमा दक्षिण एशियाली मार्गको निर्माणबारे ध्यानाकर्षण 2

(GMT+08:00) 2018-04-06 20:30:42

छिङहाई-तिब्बत रेलमार्गको संचालनले तिब्बतको आर्थिक विकासमा ठूलो प्रभाव पारेको छ। लु छुन फाङको विचारमा चीन-नेपाल रेलमार्गको निर्माण सफल हुने हो भने स्थानीय रोजगार बढ्ने, चीन र नेपालको व्यापारिक आदान-प्रदान खास गरी पर्यटनमा ठूलो भूमिका निर्वाह गरिने छ। उहाँ भन्नुहुन्छ "नेपालको प्राकृतिक श्रोत-साधन र साँस्कृतिक दृश्य प्रशस्त छन्। चिनियाँहरूका लागि नेपालका ती श्रोत-साधन रहस्यमय छन्। चीन-नेपाल रेलमार्ग संचालन भएपछि धेरै चिनियाँ पर्यटकहरू घुम्न नेपाल जान्छन्। मेरो विचारमा त्यस अवधिमा पर्यटकहरूको संख्यामा वृद्धि हुने छ। छिङहाई-तिब्बत रेलमार्ग संचालन भएपछि तिब्बतको पर्यटनमा ठूलो वृद्धि भएको छ। सन् 2006 छिङहाई-तिब्बत रेलमार्ग संचालन भएको बेलामा तिब्बतले दश लाख जना पर्यटक भित्र्याएको थियो। सन् 2007 घुम्न तिब्बत गएका पर्यटकहरूको संख्या दुई करोड पुगेको थियो।"

नेपाल-चीन शैक्षिक तथा सांस्कृतिक परिषदका अध्यक्ष डा हरिश्चन्द्र शाहले नेपालका विभिन्न पक्षले "बेल्ट एण्ड रोड" प्रारुपमा नेपाल र चीनको सहयोगका लागि प्रतिक्षा गरिरहेको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ "नेपाल एशियाली पूर्वाधार लगानी बैंकको सदस्य हो। छिङहाई-तिब्बत रेलमार्ग सिगाचे पुगेको छ। दुई तीन वर्षपछि चीनको रेलमार्ग नेपाल र चीनको सिमा केरुङ पुग्नसक्ने छ। हाम्रो नेपाली जनताको सपना रेलमार्फत् काठमाडौं, पोखरा, लुम्बिनी पुग्नु हो।"

1  2  3  
जानकारी तथा लेखहरु