फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# युआन राजवंशको कुटनीति

(GMT+08:00) 2018-05-16 15:49:37

सन् 1246 मा तत्कालीन थुबो अर्थात वर्तमानको तिब्बतलाई युआन राजवंशमा संलग्न गरियो। त्यसपछि तिब्बती बौद्ध धर्मअन्तर्गत शाक्य पन्थीका चौथो शासक साबानले एउटा महत्वपूर्ण आदेश सार्वजनिक गरे। उक्त आदेशका अनुसार, तिब्बतका सबै अधिकारी, भिक्षु र सर्वसाधारणले मंगोलियाली सम्राटका प्रजा भएको स्वीकार गर्नुपर्छ। तत्कालीन मंगोलिया राज्यबाट पठाइएका अधिकारीले तिब्बतको सुशासन मामिलाको जिम्मेवार वहन गर्नुपर्छ। मंगोलिया राज्यको आदेशमा शाक्य पन्थीले धर्म, गुम्बा र भिक्षुसम्बन्धी धार्मिक मामिलाको शासन गर्नुपर्छ। त्यसै गरी तिब्बतलाई औपचारिक रुपमा चीनको सार्वभौमिकता र भूभागमा संलग्न गरेको छ। त्यस बेला चीनमा मंगोलियाली, तिब्बती र हान जातीको सहअस्तित्व भएको देखिन्थ्यो।

साथै युआन राजवंशले चीनको एकीकरण गरेपछि दुई पटक जापानको आक्रमण, दुई पटक भियत्नामको उत्तरी भागमा आक्रमण र दुई पटक म्यान्मारको आक्रमण गर्‍यो। हालका कोरिया, म्यान्मार आदि क्षेत्र युआन राजवंशको शाखा देश थिए। दुई पटक जापानको आक्रमण समुद्री मौसमका कारणले विफल भयो।

1  2  3  
जानकारी तथा लेखहरु