फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# मीङ राजवंशको जानकारी

(GMT+08:00) 2018-05-30 16:47:13

मिङ राजवंश कालमा कृषि क्षेत्रमा पहिलेको तुलनामा बढि विकास भएको थियो। त्यति बेला घरमा कपडा बुन्ने व्यवसाय, माटाका भाँडा बनाउने व्यवसाय निकै विकसित भइसकेको थियो। त्यति बेला फलाम, कागज बनाउने, डुंगा बनाउने आदि पेशा पनि धेरै विकसित भएका थिए। वैदेशिक आर्थिक तथा व्यापारिक आदान-प्रदान पनि निकै बढेको थियो। चङ ह नामका समुद्र-यात्री जम्मा सात पटक विदेशको भ्रमणमा गएका थिए। उनको यात्रामा एशिया तथा अफ्रिकाका गरी जम्मा तीसभन्दा बढी मुलुक समावेश थिए। तर मिङ राजवंशको मध्य कालदेखि जापान, स्पेन, पोर्चुगल तथा हल्याण्ड आदि देशले चीनमाथि आक्रमण गरेको थियो।

1  2  3  
जानकारी तथा लेखहरु