फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चन्द्रमाको मुनि रहेको चोयाबाँस झ्याङ

(GMT+08:00) 2018-06-11 10:52:26

ताई जाति चीनको अल्पसंख्यक जातिमध्येको एक हो। ताई जातिका जनताहरु मुख्यत: चीनको दक्षिण-पश्चिमी भागको युन नान प्रान्तको सि स्वाङ्ग पान ना ताई जातीय स्वशासित राज्य र द होङ्ग ताई जातीय र चिङ्ग फो जातीय स्वशासित राज्यमा बसोबास गर्दछन्। यसबाहेक, युन नान प्रान्तका फु ए, स माउ, थङ्ग छोङ्ग, युआन याङ्ग र ह कौ लगायतका तीस वटाभन्दा बढी जिल्ला तथा शहरहरुमा पनि केही ताई जातिका जनताहरु बसोबास गर्दछन्।

ताई जाति नदी बग्ने क्षेत्र, बाँध र उष्ण क्षेत्रमा बसोबास गर्न मन पराउँछन्। ताई जातिका बासिन्दाहरु मुख्यत: युन नान प्रान्तको नु च्याङ्ग नदी, लान छाङ्ग च्याङ्ग नदी, चिन शा च्याङ्ग नदी बग्ने क्षेत्रमा बसोबास गर्दछन्। ती क्षेत्रहरुको मौसम प्राय:जसो गर्मी भएकाले ताई जातिका जनताहरु पानी निकै मन पराउँछन्। सामान्य दिनमा उनीहरुले पानीमा लुगा धोएको, नुहाएको र खेलेको ज्यादै रमाइलो देखिन्छ।

ताई जातिको एउटा स्थानीय गीत ज्यादै लोकप्रिय छ। त्यस गीतको शीर्षक "चन्द्रमाको मुनि रहेको चोयाबाँस झ्याङ" भन्ने रहेको छ।

गीतमा भनिएको छ:

शरद चन्द्रको मुनि रहेको चोया बाँस झ्याङ,

हरियालीले ढाकेको कुइरो जस्तै देखिन्छ।

बाँसले बनाएको टौवामा एक सुन्दरी बस्छिन्।

1  2  3  
जानकारी तथा लेखहरु